Jul 27 2026 | २०८३, श्रावण ११ गते

बसन्त पञ्चमी ( सरस्वती पुजा ) बालबालिकालाई अक्षर आरम्भ गराईदै !

बसन्त पञ्चमी ( सरस्वती पुजा ) बालबालिकालाई अक्षर आरम्भ गराईदै !

  • 1.5K
    SHARES

  • बसन्त पञ्चमी ( सरस्वती पुजा ) बालबालिकालाई अक्षर आरम्भ गराईदै !

     माघ शुक्लपञ्चमी अर्थात श्रीपञ्चमी हिन्दू धर्मावलम्बीहरूको पर्व हो । यस दिन विद्याकी देवी सरस्वतीको नि’ष्ठापूर्वक पूजा–आराधना गरी मनाइन्छ । यो पर्व वेदाङ्ग ज्योतिषकालमा वसन्तऋतु मधु (आर्तव चैत्रमास) मासमा मनाइन्थ्यो । पछि मात्र वार्हस्पत्यसंत्सरको निरयण माघ शुक्ल पञ्चमीमा मनाउन थालियो ।

    सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । 

    विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

    भारती, सरस्वती, शारदा, जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नाम भएकी देवीको 'सरस्वती कवच' को मन्त्रबाट व्यास, वाल्मीकि, याज्ञावल्क्य, कणाद, पाणिनी आदिदेखि शङ्कराचार्य र सन्त तुलसीदाससम्मले सिद्धि प्राप्त गरेको भन्ने कथन पनि छ ।

    सरस्वतीलाई विद्या र बुद्धिकी ज्ञाता मानिन्छ जसको कारण आजको दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षराम्भ गराउने चलन छ । सरस्वतीको पूजाको दिन अक्षराम्भ गरिए विद्या आउने विश्वास रही आएको छ ।

    149447626_261573662204910_6310890893130992745_n.jpg

    ऋग्वेदका अनुसार वाग्देवीका नामले प्रसि’द्धि परम चेतना हुन्, र सरस्वतीको रुपमा हाम्रो ज्ञान, बुद्दि, प्रज्ञा तथा सद्बुद्धि प्राप्तहुने  संरक्षिका हुन्, हामीमा भएको आचार र मेधाको मुख्य आधार नै भगवती सरस्वती हुन् । यसै कारणले बसन्त पंचमी अर्थात् सरस्वती पूजालाई धुमधामका साथ मनाउंदै आएको पाइन्छ । आजका दिन सरस्व’तीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

    यो पूजा पूर्वी भारत र नेपालमा ठूलो उत्साह सहित मनाइन्छ । यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन् । नेपालमा सरस्वतीका प्रसिद्ध पीठहरू मध्ये काठमाडौँ उपत्यकामा जय वागीश्वरी, स्वयम्भूमा मञ्जुश्री, हाँडीगाउँ, बल्खु, गैह्रीधारा, भक्तपुर जिल्लाको थाकलमाठको सरस्वती मन्दिर र हनुमानघाटको नीलसरस्वती ललितपुरको लेलेस्थित सरस्वती मन्दिरहरूमा सरस्वती जयन्तीका दिन भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ ।

    यसदिन  सरस्वतीलाई चढा’इएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिन्छ ।

    तराई क्षेत्रमा माटाका सरस्वती मूर्ति बनाई पूजा गर्ने चलन छ। मूर्तिमा प्राण प्रतिष्ठा गरी धूमधाम पूजा र बाजागाजा गरी जलाशयमा बिसर्जन गर्ने चलन देखिन्छ। श्रीपञ्चमीका दिन कामदेव र रतीको पनि पूजा गरिन्छ। वसन्तका प्रतीक कामदेव र उनकी स्त्री रतीको विशेष स्मरण गर्ने दिन वसन्तको आगमन उत्सव वसन्त राग गाउने पनि चलन रहेको छ। 

    आजका दिन विवाह, व्रत’बन्ध, गुफा राख्ने र बेलविवाह ९इही० जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्य’ता छ । यस दिन बालबालिकालाई शिक्षा’रम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । 

    FB_IMG_1514579310795-720x480.jpg

    images
    मंगलवार, फाल्गुण ४ २०७७१०:३१:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार