Oct 02 2026 | २०८३, आश्विन १६ गते

कविता : एउटा शिक्षक जिन्दगीभर पछुतो गरिरहन्छ

कविता : एउटा शिक्षक जिन्दगीभर पछुतो गरिरहन्छ

  • 1.0K
    SHARES

  • कविता : एउटा शिक्षक जिन्दगीभर पछुतो गरिरहन्छ

     ✍️ Adhikari Prakash

    म जिन्दगीभर अक्षरहरू बगाइरहेँ,

    मेरा आँसुहरू पुछ्न कहिल्यै कोही आएनन्।

    कुनै प्राचीन बस्तीमा पुगेर

    विद्यार्थीहरूको उज्ज्वल भविष्य कोर्दै गर्दा,

    जब आफ्नै जीवनको चित्र धुमिल हुँदै गएको महसुस हुन्छ ।

     

    इज्जत- कुनै पुरानो धरोहर जस्तो,

    जो समयको धूलोले पुरिँदै गएको छ।

    सरकारले मलाई अनागरिक देख्छ,

    समाजको नजरमा लगभग हराइसँके,

    जसरी अस्ताउँदो सूर्यलाई सबैले बिर्सिन्छन्।

     

    श्रम- फूलको जरामा पानी हाल्ने माली जस्तो,

    तर फल टिप्न कहिल्यै पाइएन,

    शिक्षालयहरु राजनीतिले जकडेर,

    कुनै विकृत रूख बनाइदियो।

     

    सम्झिदा,

    मन बाझिएको बारीझैं सुनसान हुन्छ।

              कहिल्यै नफक्रिने बीउ जस्तै,

    मेरा सपनाहरू माटोमा पुरिएका छन्।

    जहाँ पुगे पनि,

    आफ्ना मान्छेहरूको संसारमा,

    म कहिल्यै अटाउन सकिन्।

     

    सपना बोकेर हिँड्ने शिक्षक,

    म आफैं गन्तव्यविहीन भएको छु।

    जसरी कुनै नदी बाँधले रोकिएर,

    आफ्नो प्राकृतिक बहाव गुमाउँछ।

     

    images
    बिहिवार, बैशाख ४ २०८२०८:५४:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार