Jul 27 2026 | २०८३, श्रावण ११ गते

मेडिकल कलेजको सिट संख्या बढ्यो, एमबीबीएसमा १३० र बीडीएसमा ६० सम्म तोकियो

मेडिकल कलेजको सिट संख्या बढ्यो, एमबीबीएसमा १३० र बीडीएसमा ६० सम्म तोकियो

  • 632
    SHARES

  • मेडिकल कलेजको सिट संख्या बढ्यो, एमबीबीएसमा १३० र बीडीएसमा ६० सम्म तोकियो

    साउन, २९ गते/ काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएस अध्ययनका लागि सिट संख्या बढाएको छ । बिहीबार सिंहदरबारमा बसेको आयोगको बैठकले यसअघि तोकिएको सिट संख्यामा वृद्धि गरेको गरेको हो ।

    आयोगका अनुसार हालसम्म एक सय सिट रहेको एमबीबीएसको सिलिङ बढाएर एक सय ३० र ५० सिट रहेको बीडीएसलाई ६० पुर्‍याउने निर्णय भएको छ ।

    बैठकमा सहभागी एक सदस्यका अनुसार दिएको जानकारी अनुसार, मेडिकल कलेजहरूको पूर्वाधार, फ्याकल्टीसहितका मापदण्ड हेरी एमबीबीएसमा बढीमा १३० र बीडीएसमा ६० सिट दिने निर्णय भएको बताइएको छ। मापदण्ड पूरा गरेका कलेजका हकमा मापदण्डअनुसार नै सिट संख्या तोकिने निर्णय भएको बताइएको छ।

    निर्णय अनुसार, सबैभन्दा बढी १३० सिट पाउने मेडिकल कलेजहरूमा विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस पर्छन् । पोखराको मणिपाल शिक्षण अस्पतालले १२० सिट पाएको छ ।

    images
    बिहिवार, श्रावण ३० २०८२०६:३२:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार