Jul 27 2026 | २०८३, श्रावण ११ गते

बिज्ञान सम्बन्धी 200 भन्दा बढी महत्त्वपूर्ण सामान्य ज्ञान

बिज्ञान सम्बन्धी 200 भन्दा बढी महत्त्वपूर्ण सामान्य ज्ञान

  • 2.1K
    SHARES

  • बिज्ञान सम्बन्धी 200 भन्दा बढी महत्त्वपूर्ण सामान्य ज्ञान

    बिज्ञान सम्बन्धी 200 भन्दा बढी महत्त्वपूर्ण सामान्य ज्ञान

    – पृथ्बीमा भन्दा चन्द्रमामा गुरुत्वाकर्षण ६ गुणा कम 1/6 हुन्छ । अर्थात पृथ्बीमा २० किलो उचाल्न सक्नेले चन्द्रमामा १२० किलो उचाल्न सक्छ । तर पृथ्बीमा २० किलो पिण्ड भएको बस्तुको तौल चन्द्रमामा पनि २० कीलो नै हुन्छ ।

    – न्यूटनको चाल सम्बन्धि पहिलो नियमः कुनै बस्तुमा बाहिरी बल प्रयोग नभएसम्म स्थिर छ भने स्थिर अवस्थामै रहन्छ र गति अवस्थामा छ भने सरल रेखामा समान गतिले गइरहन्छ ।

    – न्यूटनको चाल सम्बन्धि दोस्रो नियमः aὰ=1/m अर्थात कुनै पनि बस्तुमा उत्पन्न हुने प्रबेग त्यसमा लगाएको बलसँग समानुपातिक र त्यस बस्तुको पिण्ड सँग व्यूत्क्रमानुपातिक हुन्छ ।

    – न्यूटनको चाल सम्बन्धि तेस्रो नियमः प्रत्येक क्रियामा जहिलेपनि बराबर बिपरीत प्रतिकृया हुन्छ । जस्तैः डुङ्गा चलाउनु, बन्दुक बाट गोलि चलाउनु ।

    – G को मान 6.67×10-11Nm2\Kg2 हुन्छ ।

    – गुरुत्व प्रवेगको मान 9.8m\s2 हुन्छ । अर्थात स्वतन्त्र खसाइमा 9.8m\s को दरले गतिमा परीवर्तन आउँछ ।

    – लेन्सको सामर्थ्य केन्द्रिकरण दुरी सँग निर्भर रहन्छ ।

    – पिण्डहरुलाइ स्थीर राखी दुई वस्तु विचको दुरी २ गुणाले घटाउँदा तिनिहरु विच लाग्ने गुरुत्वाकर्षण वल ४ गुणाले वढछ ।

    – कुनै वस्तु गोलाकार पथमा घुम्न सेन्ट्रिपेटल वलको आवस्यक्ता पर्छ

    । – कुनै वस्तुलाइ तरल पदार्थमा डुवाउदा तरल पदार्थले माथिथिर धकेल्ने परिणात्मक वललाइ उर्ध्वचाप (Upthrust) भनिन्छ ।

    – प्रकाश कुनै बस्तुमा ठोक्किएर एक निश्चित कोणमा फर्केर जाने प्रकृयालाइ प्रकाशको परावर्तन भनिन्छ ।

    – प्रकाश एक माध्यमबाट अर्को माध्यममा जाँदा बाँग्गीने प्रकृयालाइ प्रकाशको आवर्तन भनिन्छ ।

    – पानिको चरम कोण ४९* र काँचको ४२* हुन्छ ।

    – प्रतिध्वनि हुन १५ मिटर भन्दा बढी दुरी हुनु पर्छ अन्यथा प्रतिध्वनि नभइ गुञ्जयमान हुन्छ ।

    – ४* मा पानिको घनत्व सबै भन्दा बढी र आयतन सबै भन्दा कम हुन्छ ।

    – सबैभन्दा बढी तापधारण शक्ति पानिमा 4200 J/kg*c र बरफमा पानिको ठिक आधा 2100 J/kg*c हुन्छ ।

    – ओह्म को सिध्दान्त V=IR – मोटरले बिधुत शक्तिलाइ गतिशक्तिमा रुपान्तरण गर्छ ।

    – डाइनामो र जेनेरेटर बिधुत उत्पादन गर्न प्रयोग गरीन्छ ।

    – जेनेरेटरमा बिधुतको मात्रा बढाउन सकिन्छः १ क्वाइलमा तारको फन्का बढाएर २ चुम्बकिय क्षेत्रको शक्ति बढाएर ३ क्वाइल र चुम्बकको दुरी घटाएर ।

    – अल्टरनेटिङ ईलेक्ट्रोमोटीभ फोर्स (emf) घटाउन वा बढाउन ट्रान्सफर्मर को प्रयोग गरीन्छ । घटाउन स्टेप डाउन र बढाउन स्टेप अप – ट्रान्सफर्मरको प्रयोग हुन्छ ।

    – घरायसि उपकरण चलाउन स्टेप डाउन ट्रान्सफर्मरको प्रयोग गरीन्छ ।

    – स्विच र फ्यूजलाइ लाइभ वा फेज तारमा जोडिन्छ ।

    – चिमको फिलामेन्ट टङ्स्टेन धातु बाट बनेको हुन्छ ।

    – पदार्थको आकार प्रकार आदिमा परीवर्तन हुने तर मुलभुत गुण र पदार्थको अणुमा परीवर्तन नआउने लाइ भौतिक परीवर्तन भनिन्छ । जस्तैः पानिबाट बरफ बन्नु ।

    – पदार्थको मूलभूत गुणनै परीवर्तन हुने र अणुहरुको बनावटमा पनी फरक आउने परीवर्तनलाइ रासायनिक परीवर्तन भनिन्छ । जस्तैः दुध बाट दहि बन्नु । काठ जलाएर कोइला बनाउनु ।

    – रासायनिक प्रतिकृयामा परीबर्तन नहुने तर प्रतिकृयाको दरलाइ घटबढ गर्ने पदार्थलाइ उत्प्रेरक (Catalyst) भनिन्छ ।

    – आयोनिकरण भनेको रासायनिक यौगिकहरु आयोनमा छुट्टिने क्रिया हो ।

    – हाइड्रोक्लोरीक अम्ल (HCL) मानिसको आमासयमा पाइन्छ ।

    – सल्फयूरीक अम्ल (H2So4) लाई King of Chemical भनिन्छ ।

    – तटस्थ PH को मान 7 हो ।

    – उच्च तापक्रमको संतृप्त घोललाइ चिसो बनाउदा अणुहरु परस्पर मिलि ज्यामितिय आकार बनाउँछन भने त्यसलाइ मणीभ (Crystal) भनिन्छ ।

    – रासायनिक प्रतिकृयाका किसिमहरुः १. संयोजन प्रतिकृयाः 2Na+Cl2…………….2NaCl २. विच्छेदन प्रतिकृयाः 2Pbo2………………..2Pbo+O2 ३. विस्थापन प्रतिकृयाः Zn+H2So4………………ZnSo4+H2 – अहिले सम्म १०९ ओटा तत्वहरु पत्ता लागेका छन, जसमध्य ९२ ओटा तत्वहरु प्राकृतिक छन ।

    – दुई वा दुई भन्दा बढी तत्वहरु मिलेर यौगिक बन्दछ जस्तै अक्सिजन र हाइड्रोजन मिलेर पानि बन्छ। पानि यौगिक हो ।

    – अम्लले निलो लिटमस पेपरलाइ रातोमा, क्षारले रातो लिटमस पेपरलाइ निलोमा र तटस्थले कुनै प्रतिकृया जनाउँदैन ।

    – अक्सिजन तटस्थ, कार्बनडाइअक्साइड अम्लीय र एमोनिया क्षारीय ग्याँस हो ।

    – अक्सिजन ग्याँस पत्ता लगाउने जोसेफ प्रिस्टले हुन ।

    – Dry Ice ठोस कार्बनडाइअक्साइड हो ।

    – पेय पदार्थमा कार्बनडाइअक्साइडको प्रयोग गरीन्छ ।

    – लुगाधुने सोडा, युरीया, ब्लु प्रिन्ट निकाल्न एमोनिया ग्याँस को प्रयोग गरीन्छ ।

    – हाडजोर्नि र नक्कली दाँत बनाउन सेरामिक्सको प्रयोग गरीन्छ ।

    – क्याल्सियम बाईकार्वोनेट (CaHCo3) र म्याग्नेशियम बाईकार्वोनेट (MgHco3) लवण भएको पानि अस्थायी कडापन भएको पानि हो ।

    – क्याल्सियम सल्फेट (CaSo4), क्याल्सियम क्लोराइड (CaCl2), म्याग्नेसियम सल्फेट (MgSo4), म्याग्नेसियम क्लोराइड (MgCl2) लबण भएको पानी स्थायी कडापन भएको पानि हो ।

    – यूरीया [Co(NH2)2] , हाइड्रोक्लोरीक अम्ल (HCL), पोटासियम क्लोराइड (KCL) – साबुन मा फ्याट्टी एसिड हुन्छ ।

    – Lactic acid दुधमा पाईन्छ ।

    – अचारमा एसिटिक अम्ल ( भेनेगर ) को प्रयोग गरीन्छ । – एनोफिलेस लामखुट्टेले औलोज्जर (Malaria) र क्यूलेक्स लामखुट्टेले हात्तिपाइले (Filariasis) रोग सार्छ ।

    – लार्भा जिवनचक्रको सबैभन्दा खन्चुवा अवस्था हो ।

    – पारीस्थितिक प्रणालीका ३ जैबिक तत्वहरुः उत्पादक, उपभोक्ता र बिच्छेदक हुन।

    – पारीस्थितिक प्रणालीक ४ अजैबिक तत्वहरुः प्रकाश, हावा, पानि र माटो हो ।

    – आफ्नो खाना आफैं तयार गर्ने बनस्पति लाइ उत्पादक भनिन्छ ।

    – खानाका लागी उत्पादकमा निर्भर रहने जिवलाइ उपभोक्ता भनिन्छ ।

    – खानाको लागी बनस्पतिमा निर्भर रहने प्रथम उपभोक्ता जस्तैः किरा फट्याङ्ग्रा। खानाको लागी प्रथम उपभोक्तामा निर्भर रहने दितिय उपभोक्ता जस्तैः भ्यागुता । खानाको लागी दितिय उपभोक्तामा निर्भर रहने तृतिय उपभोक्ता जस्तैः सर्प । उपभोक्ता मरेपछी त्यसलाइ सडाउने जिवहरु बिच्छेदक जस्तैः ब्याक्टेरीया, फन्जाइ आदि।

    – बायुमण्डलिय नाइट्रोजन नाइट्रेटमा बदलिने क्रिया लाई Nitrogen Fixation भनिन्छ ।

    – Ammonification भनेको मृत बस्तु बिच्छेदन हुँदा Ammonia उत्पादन हुने प्रकृया हो ।

    – हावामा नाइट्रोजन ७८% र अक्सिजन २१% हुन्छ ।

    – बनस्पतिले प्रकाश संस्लेषण क्रियाबाट कार्बोहाईड्रेट निर्माण गर्छ ।

    – सूर्यको प्रकाश बाट विरुवाले क्लोरोफील प्राप्त गर्छ ।

    – प्रकाश बढी भएको अवस्थामा बिरुवाले पात बाट पानि फ्याल्ने प्रकृयालाई उत्सवेदन (Transpiration) भनिन्छ ।

    – बिरुवाले सोचेको पानिको २% बृध्दि बिकासमा र ९८% पानि उत्सर्जन/उत्सवेदन गर्छ ।

    – मूख्यतः Red र त्यसपछी Blue light ले बिउ अंकुरणमा प्रोत्साहन गर्छ ।

    – ठूलो मष्तिष्कले चेतना सम्वन्धि, सानो मष्तिष्कले शारीरीक सन्तुलन, पोन्स ब्यारोलिले बिपरीत चेतना र मेडुला अबलङ्गोटाले मष्तिष्क र सुषुम्ना जोडने काम गर्छ ।

    – मेडुला अबलङ्गोटा 2.5 cm लम्बाई हुन्छ यसले निल्ने, बान्ता गर्ने, खोक्ने, हाच्छुँ गर्ने आदि क्रियाहरु नियन्त्रण गर्छ । Respiratory system मेडुला अबलङ्गोटामा हुन्छ ।

    – रगतमा रक्त कोषको मात्रा ४५% र प्लाज्मा ५५% हुन्छ ।

    – हेमोग्लोबिन रातो रक्तकोषमा पाइन्छ जस्ले गर्दा रगत रातो हुन्छ ।

    – प्रतिरक्षाको काम सेतो रक्तकोषले गर्छ ।

    – RBC बोनम्यारो मा बन्छ ।

    – रक्तसञ्चार पत्ता लगारउने विलियम हार्वे हुन ।

    – ज्ञानेन्द्रिय तथा कर्मेन्द्रियलाइ सुषुम्ना एवं मष्तिष्क सँग सम्बन्ध स्थापित गर्ने काम परिधिस्थ स्नायु प्रणालि (Peripheral nervous system) ले गर्छ ।

    – Genetic का पिता मेण्डल हुन ।

    – एकै जातिका जिबहरु बिच पनि एक अर्का सँग भिन्न हुने गुणलाई परिबृत्ती ( Variation) भनिन्छ जस्तै उचाई, छालाको रङ्ग, अनुहारको बनोट, कपालको रङ्ग आदिको फरक ।

    – जिबहरुको बाहिरी रुपमा देखिने गुणलाई फिनोटाइप र भित्रिरुप (Gene) मा हुने गुणलाई जिनोटाइप भनिन्छ ।

    – हातका औला नहुनु ,औला बढी हुनु आदि उत्परीवर्तन (Mutation) को कारणले हो जुन DNA मा हुने स्थायी परीवर्तनले गर्दा हुन्छ ।

    – DNA मा दुइ वटा त्यान्द्रा हुन्छन जसलाइ Hydrogen bond ले जोडेको हुन्छ ।

    – DNA मा Deoxyribose sugar र RNA मा Ribose sugar हुन्छ ।

    – DNA का नाइट्रोजन बेशहरु एडिनिन, गोनाइन, साइटोसिन र थाइमिन हुन ।

    – RNA का नाइट्रोजन बेशहरु एडिनिन, गोनाइन, साइटोसिन र युरासिल हुन ।

    – DNA मुख्यतः क्रोमोजोममा र RNA साइटोप्लाज्ममा पाइन्छ ।

    – DNA बाट RNA बन्ने क्रियालाइ Transcription भनिन्छ ।

    – वलय ग्रहण सूर्य र चन्द्रमाको दुरी बढी भई सूर्यको बिच भागमा मात्र लाग्ने ग्रहण हो ।

    – वलय ग्रहण लाई Ring of fire भनिन्छ ।

    – सूर्य र चन्द्रमाको बिचमा पृथ्बी पर्न जाँदा चन्द्र ग्रहण लाग्छ ।

    – सूर्य र पृथ्बीको बिचमा चन्द्रमा पर्न जाँदा सूर्य ग्रहण लाग्छ ।

    – चन्द्रमाको कक्षिय धारातलले पृथ्बीको कक्षिय धरातलमा ५.५ को कोण बनाई ढल्केको हुन्छ ।

    – पृथ्बी सूर्यको वरीपरी ६६ डिग्री ३० मिनेट (६६.५) को कोण बनाई घडिको उल्टो दिशामा घुम्छ – चक्रयुक्त ग्रह शनि, सबै भन्दा सानो ग्रह बुध र ठूलो ग्रह बृहस्पती हो ।

    – गोरखापत्रको प्रथम प्रकासन बि०सं० १९५८ देखि देब समसेरको पालामा भएको ।

    – रेडियो नेपाल २००७ चैत्र २० र नेपाल टेलिभिजन २०४२ माघ १७ गते सुरु ।

    – LAN – Local area network – WAN- Wide area network – WWW- World Wide Web – Email को पहिलो सुरुवात सन् १९७६ मा अमेरीका बाट भएको हो ।

    – नेपालमा IT पार्क काभ्रेको बनेपामा छ ।

    – बिदेशबाट आएको टेलिफोन कललाई इन्टरनेटको माध्यम बाट देशमा भित्र्याउने प्रबिधिलाई VOIP ( Voice Over Internet Protocol ) भनिन्छ ।

    – Web Address मा हुने gov ले Government र org ले Organization जनाउँछ ।

    – नेपालमा पहिलो कम्प्यूटरको प्रयोग २०२८ मा भएको र पहिलो कम्प्यूटरको नाम IBM 1401 . पहिलो कम्प्यूटर अपरेटर निलकण्ठ उप्रेति ।

    images
    बिहिवार, कार्तिक ६ २०७७१०:२३:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार