Jul 27 2026 | २०८३, श्रावण ११ गते

म नेपाल बोल्छु

म नेपाल बोल्छु

  • 741
    SHARES

  • म नेपाल बोल्छु
    म नेपाल बोल्छु, गौरवले घमण्ड गर्छु,
    सगरमाथाको शिखर जस्तै उचाइ चर्छु।
    शान्तिले संदेश लुम्बिनीले दिदै आएको,
    दुनियाँलाई माया सद्भभाव सिकाउदै गएको।
    मेरो पहाड, मेरो तराई, मेरो हिमाल,
    तिन रुप लिएर म छु एक नेपाल।
    धेरै भाषाहरू, तर एउटै मात्र स्वर,
    नेपाली हौँ हामी  एकता को हाम्रो भर ।
    कसैले हेप्छ भने, झन् बलियो बन्छु,
    इतिहास सम्झेर,  साहसमा रम्छु।
    म नेपाल बोल्छु, कर्ममा विश्वास राख्छु,
    देशकै नाउमा बाँच्छु, देशकै लागि लेख्छु।

    ✍️ आस्था कार्की, विद्यार्थी
    सुदूरपश्चिम विश्वविद्यालय कैलाली बहुमुखी क्याम्पस धनगढी, कैलाली
    स्थायी ठेगाना: डिलाशौनी, बैतडी

    images
    शुक्रवार, पौष ४ २०८२०६:०५:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार