Jul 27 2026 | २०८३, श्रावण ११ गते

लोक सेवा तयारी-समसामयिक सामान्य ज्ञान

लोक सेवा तयारी-समसामयिक सामान्य ज्ञान

  • 1.7K
    SHARES

  • लोक सेवा तयारी-समसामयिक सामान्य ज्ञान

     

     

    १. नेपालको राष्ट्रिय झन्डा अङ्कित स्याटेलाइट पहिलो पटक अन्तरिक्षमा कहिले प्रक्षेपण गरियो ?
    – वि.स. २०७६ वैशाख ५
     
    २. सरकारले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य बीमा अभियानको शुभारम्भ कहिले गरेको हो ?
    – वि.स. २०७६ वैशाख १
     
    ३. राष्ट्र बैङ्कद्वारा २०७६ वैशाख ३ मा सार्वजनिक आर्थिक तथा वित्तीय अवस्था सम्बन्भी विवरणअनुसार आव २०७५/७६को पहिलो आठ महिना अवधिमा व्यापार घाटा कति प्रतिशत वृद्धि भएको छ ?
    – २४.५ प्रतिशत
     
    ४. शैक्षिक सत्र २०७६ का लागि सञ्चालन गरिएको विद्यार्थी भर्ना अभियानको आदर्श वाक्य के रहेको छ ?
    – हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुयाउँ
     
    ५. उभिएर सितार बजाई गिनिजबुकमा नाम लेखाउन सफल विश्वकै पहिलो महिला को हुन् ?
    – सीतामैयाँ राजचल (सितारवादक एवं सांस्कृतिक संस्थाकी कलाकार)
    ६. प्रसिद्ध सहलेस फूलबारी कहाँ रहेको छ ?
    – सिरहा
    ७. प्राचीनकालको ‘राम चरित्र मानस’ र आधुनिककालको ‘कृष्णायान’ कुन भाषाका प्रशिद्ध महाकाव्य हुन् ?
    – अवधि
    ८. काठमाडौं उपत्यकामा सबैभन्दा बढी कुन शैलीका मन्दीर छन् ?
    – प्यागोडा
    ९. काठको प्रयोग गरी विभिन्न मूर्ति, भाँडा, झ्यालढोका, टुँडाल, फर्निचर आदि निर्माणसम्बन्धी कलालाई के भनिन्छ ?
    – काष्ठकला
    १०. वि.स. २०७५ चैत २४ मा काठमाडौं महानगरद्वारा पारित सवारी तथा यातायात व्यवस्थापन ऐन अनुसार महानगर क्षेत्रभित्र सञ्चालन हुने सबै सार्वजनिक सवारीमा टिकट सम्बन्धी के व्यवस्था गरिएको छ ?
    – कागजी वा विद्युतीय यात्रु टिकट अनिवार्य गर्नुपर्ने ।
    ११. वि.स. २०७६ वैशाख २ मा वल्र्ड बुक अफ रेकर्ड्स लन्डनले जारी गरेको प्रमाणपत्र प्राप्त गर्ने शैक्षिक संस्था कुन हो ?
    – समता स्कुल काठमाडौं
    १२. सन् २०१९ अप्रिलमा प्रसिद्ध पुलिट्जर पुरस्कारबाट सम्मानित संस्था कुन हो ?
    – क्यापिटल ग्याजेट (अमेरिकी स्थानीय अखबार)
    १३. हालै समलिङ्गी यौन सम्बन्ध राख्नेलाई ढुङ्गाले मार्ने कडा व्यवस्था समेटिएको नयाँ इस्लामिक(रसिया) कानुन लागू गर्ने राष्ट्र कुन हो ?
    – ब्रुनाई (सन् २०१९ अप्रिल ३)
    १४. नेपाल संवतका प्रणेता एवं संस्थापक को हुन् ? ताका
    – शङ्खधर साख्वा ।
    १५. तामाङ जातिको संस्कृति, परम्परा आदिको संरक्षण गर्ने उदेश्यले तामाङ सङ्ग्रहालयको स्थापना कहाँ गरिएको छ ?
    – रसुवा
    १६. अब्राहम लिङ्कन आफ्नो कठिन तथा लामो सङ्घर्षपछि कहिले अमेरकाको १६ औं राष्ट्रपति बन्न सफल भए ?
    – सन् १८६१
    १७. सुशासनको पृष्ठभूममिमा आएको आर्थिक सुधारसम्बन्धी संरचनात्मक समायोजन कार्यक्रम सञ्चालन गर्ने संस्था कुन हो ?
     
    – विश्व बैंक
    १८. एस आई प्रणलीअनुसार धारा विद्युत्लाई कुन एकाइमा मापन गरिन्छ ?
    – एम्पियर
     
    १९. विद्युत विच्छेदन क्रियाद्वारा कुनै एउटा धातुको बाहिरी सतहमा अर्को धातुको जलप लगाउने प्रक्रियालाई के भनिन्छ ?
    – विद्युत् लेपन
     
    २०. ब्लुटुथ भन्नाले के बुझिन्छ ?
    – छोटो दुरीको वायरलेस फाइल आदान प्रदान गर्ने प्रविधि
     
    २१. विश्व खेलकुद महोत्सव ओलम्पिकको आयोजनागर्ने पहिलो एसियाली सहर कुन् हो ?
    –जापानको टोकियो
     
    २२. सार्क राष्ट्रका कुन व्यक्तित्वलाई गुरुदेव भनी चिनिन्छ ?
     
    – रवीन्द्रनाथ टैगोर (भारत)
     
    २३. विश्वकै सानो मुद्रा कुन हो ?
    – जावा
     
    २४. नेपाल प्रहरी र उसका आश्रित परिवारलाई मात्र उपचार सेवा दिँदै आएको नेपाल प्रहरी अस्पतालले कहिलेदेखि सर्वसाधारणलाई पनि सेवा दिन सुरु गरेको हो ?
    – वि.स. २०७४ कार्तिक २६
     
    २५. नेपाल राष्ट्र बैंकद्वारा वि.स. २०७६ बैशाख ३ मा सार्वजनिक आव २०७५/७६को पहिलो आठ महिनाको आर्थिक तथा वित्तीय अवस्थाअनुसार नेपालमा रेमिटन्सबापत कति रकम भित्रिएको छ ?
    – ५ खर्ब ८२ अर्ब

    - वि.सं. २०७६ वैशाख ५ (सन् २०१९ अप्रिल १८)

    Bird NPL भनेर पनि चिनिने सो उपग्रह करिब डेढ किलोग्राम तौल र १०÷१० से.मी. लम्बाइ, चौडाइ, उचाइयुक्त रहेको । अमेरिकाको भर्जिनियास्थित मिड एट्लान्टिक स्पेसपोर्ट लञ्चप्याड नामक स्थानबाट प्रक्षेपण गरिएको । अमेरिकी स्पेस कम्पनी अर्विटल ए टिकेले प्रक्षेपणको जिम्मेवारी लिएको । सिग्नोस कार्गो नामक यानद्वारा सो भू–उपग्रह प्रक्षेपण गरिएको । पृथ्वीभन्दा करिब चार सय कि.मि. माथि (भूमध्य रेखाबाट ९० डिग्रीको कोण भएर) रहने सो उपग्रह नेपालको आकाशमा दैनिक पाँच देखि १० मिनेट रहने । जापानको क्युस इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) र बर्ड्स प्रोजेक्टको सहकार्यमा निर्मित उक्त उपग्रहमा ४३७ मेघाहर्जको यूएचएफ ब्यान्ड प्रयोग गरिएको । यस उपग्रहमा नेपालको झन्डा, नास्टको लोगो र उपग्रह निर्माता दुई वैज्ञानिकको तस्बिर अङ्कित गरिएको । उक्त स्याटेलाइटसँगै जापानको उगिसु र श्रीलङ्काको रावना–१ उपग्रह पनि अन्तरिक्षमा पुगेका । आफ्नै स्याटेलाइट नभएका मुलुकलाई लक्षित गरी सञ्चालित ‘बडर््स प्रोजेक्ट’ अन्तर्गत नेपालले योे स्याटेलाइट निर्माण गरेको । जापानको क्युटेक इन्स्टिच्युटमा अध्ययनरत नेपाली विद्यार्थी आभास मास्के र हरिराम श्रेष्ठले सो स्याटेलाइट तयार गरेका । बडर््स परियोजनाअन्तर्गतको उक्त कार्यक्रमको संयोजन नेपालमा नास्टले गर्दै आएको । यो परियोजना विगत ६ वर्षदेखि सञ्चालन हुँदै आएको । बडर््स परियोजनाअन्तर्गत अन्तरिक्षमा पठाइने अन्य स्याटेलाइटको सुविधासमेत नेपालले लिन सक्नेछ । सो स्याटेलाइटले उपलब्ध गराउने सूचना प्राप्त गर्न नास्टले आफ्नो परिसरमा ‘ग्राउन्ड स्टेसन’ निर्माण गरेको । नेपाललाई अन्तर्राष्ट्रिय दूर सञ्चार सङ्गठनले सन् १९८४ मा अन्तरक्षिमा स्याटेलाइट राख्नका लागि छुट्टै ‘स्टल’ पनि उपलब्ध गराएको छ, जसमा सम्पूर्ण अधिकार नेपालको रहने । सरकारले पछिल्लोपटक उक्त स्टलमा स्याटेलाइट राख्ने प्रक्रिया पनि अघि बढाएको । नेपालले अन्तरिक्षमा राख्ने उक्त स्याटेलाइटमार्फत खासगरी सञ्चार तथा प्रसारणका लागि आवश्यक ब्यान्डविथ प्राप्त गर्ने ।

    २७ . नेपाल–भारत प्रबुद्ध समूह (भ्एन्) को प्रथम बैठक कहिले र कहाँ सम्पन्न भएको थियो ?

    -  वि.सं. २०७३ असार २०–२१ (सन् २०१६ जुलाई ४–५), काठमाडौँ भ्एन् को पछिल्लो अर्थात् नवौँ बैठक वि.सं. २०७५ असार १५–१६ तदनुरूप सन् २०१८ जुन २९–३० मा काठमाडौँमा नै सम्पन्न भएको । नेपाल र भारतबीचमा देखिएका विभिन्न समस्यालाई समाधान गर्ने उद्देश्यका साथ गठित यस प्रबुद्ध समूहमा नेपालका तर्फबाट भेषबहादुर थापा (संयोजक), सूर्यनाथ उपाध्याय, राजन भट्टराई र नीलाम्बर आचार्य रहेका ।

    त्यस्तै भारतको तर्फबाट ईपीजीमा भगतसिंह कोसियारी (संयोजक), जयन्तप्रसाद, महेन्द्र पी. लामा र बि.सी. उपाध्याय रहेका । ईपीजी खासगरी शान्ति तथा मैत्री सन्धि, खुला सिमाना, सुरक्षा, व्यापार, पारवहन तथा जलस्रोतलगायतका विषयमा केन्द्रित रहेको । ईपीजीको प्रतिवेदन तयार भएको लामो समय बितिसक्दा पनि थप प्रक्रिया अघि बढ्न नसकेको ।

    २८ . नेपालको राष्ट्रिय झन्डाका डिजाइनर को हुन् ?

    -  शङ्करनाथ रिमाल

    २९ . कछुवा संरक्षण केन्द्र कहाँ स्थापना गरिएको छ ?

    -  झापास्थित सुनखानी सिमसार क्षेत्र

    ३० . सन् २०१० को तथ्याङ्कअनुसार अदुवा उत्पादन गर्ने देशमा नेपाल कुन स्थानमा रहेको छ ?

    -  तेस्रो

    ३१ . सारस प्रजनन केन्द्र कहाँ रहेको छ ?

    -  कपिलवस्तु नेपालमा सबैभन्दा बढी सारस पाइने जिल्ला कपिलवस्तु हो । सारसलाई किसानको साथी भनेर पनि चिनिन्छ ।

    ३२ . नेपाल विद्युत् प्राधिकरणले मुलुकभर लोडसेडिङ अन्त्यको घोषणा कहिले गरेको हो ?

    - वि.सं. २०७५ वैशाख ३१

    ३३ .सन् २०२१ सम्ममा नेपालमा गैँडाको सङ्ख्या कति पु¥याउने लक्ष्य छ ?

    -  ८००

    ३४ . भूमिसम्बन्धी ऐन, २०२१ अनुसार ‘विभाग’ भन्नाले के बुझिन्छ ?

    -  भूमि व्यवस्थापन तथा अभिलेख विभाग

    ३५ . आज रतिम छ कृतिका सर्जक को हुन् ?

    -  इन्द्रबहादुर राई ‘तेस्रो आयाम’, ‘आयामेली’ जस्ता साहित्यिक आन्दोलनमा संलग्न रहेका । ईश्वर बल्लभ, बैरागी काइँलासँग मिली ‘तेस्रो आयाम’ आन्दोलन सञ्चालन गरेका । वि.सं. १९८४ मा जन्मिएका राईकोे वि.सं. २०७४ फागुन २२ मा निधन भएको । यिनको पहिलो कृति ‘विपना कतिपय’ सन् १९६१ मा प्रकाशित भएको । यिनका अन्य कृतिमा कथास्था, कठपुतलीको मन, नेपाली उपन्यासका आधारहरू, समपूरक आदि रहेका ।

    ३६ . नेपालमा मेसिन रिडेवल पासपोर्ट सर्वप्रथम कहिले वितरण गरियो ?

    -  वि.संं २०६७ पुस ११ एमआरपी प्राप्त गर्ने प्रथम व्यक्ति रामवरण यादव र पहिलो सर्वसाधारण अनुराधा कोइराला रहेका । ३२ पृष्ठयुक्त एमआरपीको वाटर मार्क डाँफे रहेको । एमआरपी छपाइसम्बन्धी कार्य फ्रान्सस्थित ओवरथर कम्पनीले गरेको ।

    ३७ . तरुनी छोरीका लेखक शङ्कर कोइराला हुन् भने तरुनी खेतीका लेखक को हुन् ?

    -  सरुभक्त

    ३८ . विराटनगर र वीरगञ्जलाई महानगरपालिका घोषणा कहिले गरिएको हो ?

    -  वि.सं. २०७४ जेठ १७

    ३९ . नेपाल राष्ट्रबैङ्कले नेपालका वाणिज्य बैङ्कहरूमा वासेल–३ पूर्ण रूपमा लागू कहिलेदेखि गरेको हो ?

    -  वि.सं. २०७३ साउन १

    ४० . केन्द्रीय तथ्याङ्क विभागको स्थापना कहिले भएको हो ?

    -  वि.सं. २०१४

    ४१ . सार्जे हिमाललाई शान्ति पिक भनेर चिनिन्छ भने कञ्चनजङ्घा हिमाललाई के भनी चिनिन्छ ?

    - नेपाल पिक

    ४२ . नेपालमा चिनियाँ इन्टरनेट कहिलेदेखि सञ्चालनमा आएको हो ?

    -  वि.सं. २०७४ पुस २८ स्थलमार्गबाट रसुवा हुँदै अप्टिकल फाइबरमार्फत इन्टरनेट कनेक्सन जोडिएको । अब विश्व परिवेशमा नेपालको सूचना मार्ग भारत र चीन दुवैतिरबाट सम्भव भएको ।

    ४३ . राष्ट्रबैङ्कको अनुमतिविना वित्तीय संस्थाले विदेशी निकायको पुरस्कार वा सम्मान ग्रहण गर्न नपाउने व्यवस्था कहिलेदेखि लागू भएको हो ?

    -  वि.सं. २०७४ पुस ११

    ४४ . नेपालमा व्यावसायिक रूपमा टर्की चरा पाल्ने कार्यको सुरुवात कुन ठाउँमा गरिएको छ ?

    -  कास्कीको बाटुलेचौर

    ४५ . नेपालमा पहिलोपल्ट नेपाल र चीनका विज्ञको सम्मेलन ‘थिङ्क ट्याङ्क सम्मेलन’ कहिले सम्पन्न भयो ?

    - वि.सं. २०७३ माघ ४ (सन् २०१६ जनवरी १७)

    ४६ . कर्णाली विकास आयोगद्वारा कर्णालीको विकासका लागि कति वर्षे योजना तर्जुमा गरिएको छ ?

    - १० वर्षे (आ.व. २०७३÷७४–२०८२÷८३) (२०७४ माघ २ मा सार्वजनिक सो योजनाले कर्णालीमा हाल ५० प्रतिशत गरिबीको रेखामुनि रहेको जनसङ्ख्यालाई आगामी १० वर्षमा २१ प्रतिशतमा झार्ने लक्ष्य लिएको ।)

    ४७ . मुलुककै जेठो ‘राष्ट्रिय सङ्ग्रहालय’ कहाँ रहेको छ ?

    - छाउनी, काठमाडौँ (१८ हजारभन्दा बढी महìवपूर्ण एवं विश्वकै दुर्लभ कला तथा वस्तुको सङ्ग्रह रहेको यो सङ्ग्रहालय वि.सं. १९९५ फागुन १ देखि शुल्क लिएर सर्वसाधारणका लागि खुला गरिएको ।)

    ४८ . बक्राहा नदी (मोरङ) लाई भारतमा के नामले चिनिन्छ ?

    -  लुना

    ४९ . नेपालमा राष्ट्रिय सूचना दिवस कहिले मनाइन्छ ?

    -  भदौ ३ (सूचनाको हकसम्बन्धी ऐन, २०६४ प्रचलनमा आएको दिन भदौ ३ (वि.सं. २०६४)लाई हरेक वर्ष राष्ट्रिय सूचना दिवसका रूपमा मनाउने गरिएको ।)

    ५० . नेपालमा पोलिमर नोट कहिलेदेखि चलनचल्तीमा आएको हो ?

    -  वि.सं. २०५९ असोज १४ (सन् २००२ सेप्टेम्बर ३०)

    ५१ . हाल नेपालमा पिछडिएको क्षेत्रमा सूचीकृत स्थानीय तह कति रहेका छन् ?

    -  ५७

    ५२ . भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम के हो ?

    -  धर्म कचहरी

    ५३ . नेपालमा सर्वप्रथम स्थापना भएको औद्योगिक क्षेत्र कुन हो ?

    -  बालाजु औद्योगिक क्षेत्र (वि.सं. २०१६)

    ५४ . मकवानपुरबाट उत्पत्ति भएको पूर्वी राप्ती नदी कुन नदीमा मिसिन्छ ?

    -  नारायणी विश्व–सन्दर्भ

    ५५ . पहिलोपल्ट ब्ल्याकहोलको तस्बिर कहिले सार्वजनिक गरियो ?

    -  सन् २०१९ अप्रिल १०

    ५६ . एक्सन फर पिस किपिङ कार्यक्रम सञ्चालन गर्ने व्यक्तित्व को हुन् ?

    -  सं.रा. सङ्घका महासचिव एन्टोनियो गुटेरेस

    ५७ . सन् २०१८ मा आफूलाई यहुदी राष्ट्र घोषणा गर्ने देश कुन हो ?

    - इजरायल

    ५८ . Asia Co-operation Dialogue (ACD) को स्थापना कहिले भएको हो ?

    - सन् २००२ जुन १८ (नेपाल सन् २०१६ मार्च १० मा एसीडीको सदस्य बनेको ।)

    ५९ . नर्वेजियन सहयोगदाता संस्था ल्इच्ब्म् को स्थापना कहिले भएको हो ?

    - सन् १९६८ डिसेम्बर १ Norwegian Agency for Development Co-operation (NORAD) नर्वेको विदेश मन्त्रालयअन्तर्गत स्थापित सहयोगदाता संस्था हो । यसले शिक्षा, स्वास्थ्य, नागरिक समाजको क्षमता अभिवृद्वि एवं गुणस्तरीय जीवन अभिवृद्विका लागि सहयोग उपलब्ध गराउँदै आएको । यसको मुख्यालय नर्वेको ओस्लोमा रहेको ।

    ६० . Freedom From Fear नामक कृतिका लेखक आङसाङ सुकी हुन् भने Freedom in Exile का लेखक को हुन् ?

    - दलाइ लामा (तेञ्जिङ ग्यात्से)

    ६१ . विश्वको पहिलो महिला प्रधानमन्त्री को हुन् ?

    - सिरिमाओ बन्दरानायके (श्रीलङ्का), सन् १९६०

    ६२ . विषालु हानिकारक फोहोरमैलाको उचित व्यवस्थापनसम्वन्धी ‘वासेल महासन्धि’ कहिले भएको हो?

    -  सन् १९८९ मार्च २२ (स्विजरल्यान्डको वासेलमा)

    ६३ . उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरीय वार्ता कहिले सम्पन्न भयो ?

    -  सन् २०१८ जनवरी ९ विश्व समुदायले नै निकै चासोका साथ हेरेको सो वार्ता दुई देशको सीमावर्ती गाउँ पानमुनजोममा भएको । वार्तामा कोरियाली प्रायद्वीपमा शान्ति स्थापना, दुई कोरियाली परिवारको पुनर्मिलन, हिउँदे ओलम्पिकमा उत्तरकोरियाको सहभागिताबारे गम्भीर छलफल भएको । कोरियाली सीमामा देखिएको तनाव अन्त्य गर्न सैन्य तहमा छलफल गर्न दुवै देशले सहमति जनाएका ।

    ६४ . अमेरिका र इजरायलले युनेस्कोबाट अलग हुने घोषणा कहिले गरेको हुन् ?

    -  सन् २०१७ अक्टोबर १२

    ६५ . दक्षिण एसियाली मुलुक माल्दिभ्स राष्ट्रमण्डलमा पुनः प्रवेश कहिले भएको हो ?

    -  सन् २०२० फेब्रुअरी माल्दिभ्सले करिब तीन वर्षअघि मानव अधिकारको मामिलामा राष्ट्रमण्डलबाट आफूलाई अलग गरेको थियो । राष्ट्र मण्डलमा पुनः आबद्ध हुनका लागि उसले सन् २०१८ डिसेम्बरमा अनुरोध गरेको थियो । मानव अधिकारको रेकर्ड तथा लोकतान्त्रिक सुधारमा प्रगति नभएको भनी निलम्बित गर्ने चेतावनीपछि माल्दिभ्स राष्ट्रमण्डलबाट अलग भएको थियो ।

    ६६  . विश्वमै सबैभन्दा बढी समय शासन गर्ने राजा को हुन् ?

    -  भूमिबोल अदुल्यादेज (थाइल्यान्ड) उनले ७० वर्षसम्म शासन गरेका । सन् २०१६ अक्टोबर १३ मा ८८ वर्षको उमेरमा उनको निधन भएको ।

    ६७ . प्रथम विश्व महिला सम्मेलन कहिले र कहाँ भएको थियो ?

    -  सन् १९७५, मेक्सिको

    ६८ . एसियनलिडरसिप समिट २०१९ कुन राष्ट्रमा सम्पन्न भएको हो ?

    -  भुटान

    ६९ . विश्व आर्थिक मञ्चद्वारा ग्लोबल सेन्टर फर साइवर सेक्युरिटीको स्थापना कहिले गरिएको हो ?

    - सन् २०१८ जनवरी २६ साइवर अपराधसम्बन्धी गतिविधिलाई निरुत्साहित गर्दै सुरक्षित साइवर स्पेस उपलब्ध गराउने उद्देश्यका साथ सो संस्था स्थापना गरिएको । यो संस्थाको मुख्यालय स्विजरल्यान्डको जेनेभामा रहेको ।

    ७० . अफ्रिका महादेशको सबैभन्दा ठूलो देश कुन हो ?

    -  अल्जेरिया (यसअघि सुडान थियो ।)

    ७१ . द्वितीय चरणको रुसी क्रान्तिलाई अर्को के नामले चिनिन्छ ?

    -  बोल्सेभिक क्रान्ति÷अक्टोबर क्रान्ति

    ७२ . नेदरल्यान्डका बासिन्दालाई डच भनिन्छ भने स्विजरल्यान्डका बासिन्दालाई के भनिन्छ ?

    -  स्विस विविध

    ७३. प्रशान्त क्षेत्रीय स्वतन्त्र व्यापार सम्झौता (ट्रान्स प्यासिफिक पार्टनरसिप एग्रिमेन्ट–टीपीपीए) मा कहिले हस्ताक्षर गरिएको हो ?

    -  सन् २०१६ फेबुअरी ४ (न्युजिल्यान्डको राजधानी अकल्यान्डमा भएको हस्ताक्षर समारोहमा ३० बुँदे बडापत्र जारी गरिएको ।)

    ७४ . वि.सं. २०७६ माघ १ मा मनाइएको पाचौँ राष्ट्रिय योगा दिवसको नारा के हो ?

    -  राष्ट्रिय एकता ः योगको सान्दर्भिकता

    ७५ . अन्तर्राष्ट्रिय क्रिकेटमा दुईपटक ह्याट्रिक विकेट लिने पहिलो नेपाली महिला खेलाडी को हुन् ?

    - रुविना क्षेत्री

    ७७ . निपाह भाइरस पहिलोपटक कहिले र कहाँ फेला परेको हो ?

    -  सन् १९९८, मलेसिया निपाह भाइरस पहिलोपटक सन् १९९८ मा मलेसियामा फेला परेको । सन् २००१ देखि भारत र बङ्गलादेशका विभिन्न ठाउँमा यो सङ्क्रमण बेलाबेला देखिँदै आएको । सन् २०१८ अप्रिल÷मे मा भारतको केरलामा फैलिएको सङ्क्रमणमा एक नर्ससहित १४ जनाको ज्यान गएको । यो भाइरसको सङ्क्रमण भएको ५–१० दिनमा मानिसमा ज्वरो आउने, रिङ्गटा लाग्ने, वान्ता हुने, घाँटी दुख्ने हुन्छ र सोपश्चात् रिङ्गटा लाग्ने, स्मरण शक्ति हराउने, श्वासप्रश्वासमा समस्या एवं मस्तिष्क सुनिने जस्ता समस्या देखा पर्दछन् । निपाह भाइरस फैलाउने जातको चमेरा नेपालमा पनि पाइने साथै भारतबाट सुँगुरहरू आयात हुने हुँदा नेपालमा पनि यस रोगको सङ्क्रमणको जोखिम उच्च रहेको । यो सङ्क्रमणबाट जोगिन निम्न उपाय अवलम्बन गर्नुपर्ने ः १. चमेरोले खाएका फलफूल नखाने र रोगी वा मरेका सँुगुरको नजिक जाँदा सतर्कता अपनाउने । २. भारतबाट आयात हुने सुँगुर बङ्गुरमा स्वास्थ्य जाँचपछि मात्र भित्र्याउने व्यवस्था मिलाउने । ३. बिरामीको नजिक जाँदा वा छुँदा सतर्कता अपनाउने । बिरामीको हेरचाह गरेपछि साबुनपानीले राम्ररी हात धुने ।

    ७८ . व्यापार व्यवसायसँग सम्बन्धित ‘MFN’ को पूरा रूप के हो ?

    -  Most Favoured Nation

    ७९ . नारायणी रङ्गशाला वीरगञ्जमा रहेको छ भने गौरीटार रङ्गशाला कहाँ रहेको छ ?

    -  हेटौँडा

    ८० . ओलम्पिक खेलका पिता भनी कसलाई चिनिन्छ ?

    - पियरे द कुवर्टिन 

    ८१ . प्रसिद्ध वैज्ञानिक स्टेफन हकिङको जन्म कहिले र कहाँ भएको थियो ?

    -  सन् १९४२ जनवरी ८, बेलायत ब्ल्याक होलको विस्फोटबाट ब्रह्मान्डको उत्पत्ति भएको अवधारणा प्रस्तुत गरेका, जसलाई ‘हकिङ रेडिएसन’ भनी चिनिने । ब्रह्माण्डसम्बन्धी उनको चर्चित पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ (सन् १९८८ मा प्रकाशित) एक करोडभन्दा बढी प्रति बिक्री भइसकेको । उनी ‘मोटर न्युरोन’ नामक स्नायुसम्बन्धी रोगबाट पीडित (२१ वर्षको उमेरदेखि) बनेका । उनको निधन सन् २०१८ मार्च १४ मा भएको । उनका कृति ब् द्यचष्भा ज्ष्कतयचथ या त्ष्mभ (ज्ञढडड) द्यबिअप ज्यभि बलम द्यबदथ ग्लष्खभचकभ (ज्ञढढघ) त्जभ ग्लष्खभचकभ ष्ल ब ल्गतकजभिि (द्दण्ण्ज्ञ) इल तजभ क्जयगमिभचक या न्ष्बलतक (द्दण्ण्द्द) न्यम ऋचभबतभम तजभ क्ष्लतभनभचक (द्दण्ण्छ) त्जभ न्चबलम म्भकष्नल (द्दण्ज्ञण्) त्जभ म्चभबm तजबत कतगाा ष्क mबमभ (द्दण्ज्ञज्ञ) थ द्यचष्भा जष्कतयचथ (द्दण्ज्ञघ)

    ८२ . अमेरिका÷युरोप महादेश जाने नेपाली महिलाको उमेर हद १८ वर्ष तोकिएको छ भने खाडी मुलुकमा घरेलु कामदारका रूपमा जाने महिलाको न्यूनतम उमेर हद कति निर्धारण गरिएको छ ?

    -  २४ वर्ष (इजरायलमा केयरगिभरमा जाने महिलाको न्यूनतम उमेर ः २५ वर्ष)

    ८३ . दक्षिण एसियाली फुटबल महासङ्घको स्थापना कहिले भएको हो ?

    - सन् १९९५ डिसेम्बर २६ यसमा सबै सार्क राष्ट्रहरू सदस्यका रूपमा रहेका । महासङ्घद्वारा हरेक दुई वर्षमा फुटबल प्रतियोगिता आयोजन गर्ने प्रावधान रहेको । प्रथम साफ फुटबल प्रतियोगिता सन् १९९७ सेप्टेम्बर ४–१३ सम्म काठमाडौँमा सम्पन्न भएको । प्रथम साफ फुटबलमा भारत विजेता र माल्दिभ्स उपविजेता बनेका ।

    ८४ . खाना खाएपछि आँसु झार्ने जीव गोही हो भने कहिल्यै आँसु नपझार्ने जीव कुन हो ?

    -  चिम्पाञ्जी

    ८५. पखेटा नभएको पक्षी किबी हो भने बलेको आगो खाने पक्षी कुन हो ?

    - लौकाट

    ८६ . ‘लगनशीलता विना कसैमा पनि महान् प्रतिभा उत्पन्न हुन सक्दैन ।’ भन्ने विचारक को हुन् ?

    - अरस्तु

    ८७ . स्टेफेन टाटाव कुन खेलसँग सम्बन्धित खेलाडी हुन् ?

    - फुटबल (सन् १९९० मा भएको फिफा विश्वकपमा क्यामरुनलाई क्वाटरफाइनलसम्म पुœ¥याएका टोलीका पूर्वकप्तान टाटावको ५७ वर्षको उमेरमा सन् २०२० अगस्टमा निधन भएको । सो विश्वकपमा टाटावको कप्तानीमा क्यामरुनले शानदार खेल प्रस्तुत गरेको । अर्जेन्टिना, रोमानिया र कोलम्बियालाई हराएर सो विश्वकपमा क्यामरुनले सनसनी मच्चाएको थियो ।)

    ८८ . कुवेरको बगैँचालाई के भनिन्छ ?

    -  चैत्ररथ

    ८९ . कुन सभ्यतालाई वैदिक सभ्यता भनेर चिनिन्छ ?

    -  आर्य सभ्यता

    ९० . दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय कहाँ राख्ने निर्णय भएको छ ?

    -  नेपाल

    images
    बुधवार, कार्तिक १२ २०७७१०:४८:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार