सोमवार, भाद्र १४ २०७८
कैलाली- गौरीगंगा नगरपालिका वार्ड नं.४ बस्ने महालक्ष्मी रिकन्डिसन हाउसका प्रोप्राइटर तथा समाजसेवी श्री मिलन कुबरले जन्मदिनको अवसरमा श्री कालिका माध्यामिक बिद्यालय राजीपुरलाई अक्षयकोषका लागि रु ५१,०००(एकाउन्न हजार) नगद सहयोग प्रदान गर्नु भएको छ । भने गरिव तथा विपन्न परिवार र आमा,बुबा नभएका वालवालिकाहरुलाई विद्यालय बस यातायात शुल्क र पोशाक गरि रु १००,००० (एकलाख) बराबरको सहयोग प्रदान गर्नु भएको छ ।
यस अघि विद्यार्थीहरुलाई जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा पोशाक र नास्ता खर्च का साथै आफ्नै हातबाट नगद छात्रवृत्ति वितरण रु ५६००० र विद्यालयलाई अक्षयकोषका लागि रु १६२,१११ सहयोग प्रदान गरिसक्नु भएको छ।
जन्मदिनको अवसरमा गरिब तथा विपन्न परिवारका बालबालिका र विद्यालयलाई उदाहरणीय सहयोग गर्नुभएकोमा विद्यालय परिवारको तर्फबाट हार्दिक आभार प्रकट गर्दै उहाँको सु स्वास्थ्य दिर्घायुका साथै उत्तरोत्तर प्रगतिको कामनाका सहित जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
