Jul 27 2026 | २०८३, श्रावण ११ गते

लोकसेवाले खोल्यो ३ सय पदमा विज्ञापन

लोकसेवाले खोल्यो ३ सय पदमा विज्ञापन

  • 354
    SHARES

  • लोकसेवाले खोल्यो ३ सय पदमा विज्ञापन

    लोकसेवा आयोगले हिजो बुधबार निजामती सेवाकतर्फ विभिन्न प्राविधिक पदमा विज्ञापन गरेको छ । विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन प्रकाशित गरेको हो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ सातौं आठौं तह र निजामतीतर्फ राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि केही समयअघि मात्रै माग पठाएको थियो । सामान्य प्रशासनको सोही मागका आधारमा लोकसेवा आयोगले पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो । ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाको विज्ञापन रहेको लोकसेवा आयोगले जनाएको छ ।स्वास्थ्य सेवातर्फका धेरै धेरै जसो पद स्थानीय तहमा समायोजन भई गएकाले यस पटक केन्द्रमा न्यून संख्यामा मात्रै माग भएको छ भने निजामती सेवातर्फ पनि न्यून संख्यामा माग भएको आयोगले जनाएको छ ।यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

    images
    बिहिवार, कार्तिक २७ २०७७०७:२९:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार