Jul 27 2026 | २०८३, श्रावण ११ गते

२२ वर्षीया किशोरी बनिन् गाउँपालिका अध्यक्ष ।

२२ वर्षीया किशोरी बनिन् गाउँपालिका अध्यक्ष ।

  • 731
    SHARES

  • २२ वर्षीया किशोरी बनिन् गाउँपालिका अध्यक्ष ।

    जुम्ला- बालिका तथा किशोरीको अधिकार संरक्षण, सम्बर्द्धन र सशक्तीकरण गर्न जुम्ला जिल्लाको सिँजा गाउँपालिकाले स्थानीय २२ वर्षीया राज्यलक्ष्मी हमाललाई एक दिनको लागि पालिका अध्यक्ष नियुक्त गरेको छ।

    Lead and decide परियोजना अन्तर्गत हिंसा न्यूनीकरण गर्न र बालिका सबै बराबरी भन्ने सन्देश प्रवाह गर्न एक दिनको लागि हमाललाई मंगलबार एक दिनका लागि अध्यक्ष बनाइएको हो।

    एक दिने गाउपालिकाको अध्यक्षको जिम्मेवारी पाएपछी राज्यलक्ष्मी हमालले किशोरीमाथि हुने दुव्र्यवहारको जोखिमबाट सचेत गराउन र संरक्षण प्रदान गर्न पालिका प्रतिबद्ध रहने हमालको भनाइ छ। उनले भनिन् ‘हामी स्थानीय सरकारका लागि पालिका तहमा बालबालिका तथा किशोर–किशोरीको इन्टरनेटमा पहँुच र अनलाइन माध्यमबाट हुन सक्ने दुव्र्यवहारको रोकथाम गर्न प्रतिबद्ध गरेकी छु।

    पालिकाले प्लान इन्टरनेसनल नेपाल, हामी दाजुभाइ, आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपाल जुम्लालगायत संघ–संस्थासँग सहकार्य गरी बालिका सबै बराबरी हुन भन्ने अभियानलाई स्थानीय स्तरमा अघि बढाएको जनाएको छ।

    गाउँपालिका अध्यक्ष देवलसिंह रावलले स्थान दिएमा युवालाई उर्जा दिने र भविष्यमा काम गर्ने प्रेरणा मिल्नेमा जोड दिनुभयो।

     

    images
    बिहिवार, आश्विन २१ २०७८०७:०६:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार