सोमवार, मंसिर २९ २०७७
काठमाडौं । अब स्थायी शिक्षक हुनका लागि तीन चरणमा परिक्षा दिनुपर्ने भएको छ । गत असोज १३ गते संशोधन भएको शिक्षक सेवा आयोग नियमावली २०५७ (१० औं संशोधन) ले तीन चरणमा परिक्षा दिनुपर्ने व्यवस्था गरेको छ । जस अनुसार अब शिक्षक सेवा आयोगले सामान्य परीक्षा– एक सय पूर्णाङ्क र विषयगत परीक्षा- एक सय पूर्णाङ्कको परिक्षा लिने छ । यि दुई परिक्षा पनि फरक फरक मितिमा हुने छन् । पहिलो चरणको समानय परिक्षामा उत्तिर्ण हुनेहरुले मात्रै दास्रो चरणको लिखित परिक्षामा समावेश हुन पाउने छन् । प्रथम चरण र द्वितिय चरणमा उत्तीर्ण हुनेहरुले मात्रै तेस्रो चरणको परिक्षमा सहभागि हुन पाउने नियमावलीमा प्रष्ट व्यवस्था रहेको छ । यस्तै अन्तरवार्ता –२५ पूर्णाङ्कको व्यवस्था गरेको छ । शिक्षक सेवा आयोग नियमावलीको नियम १८ मा यि तीन चरण सबै उम्मेदवारहरुकोे लागि अनिवार्य गरेको छ । साथै नियमावलीको दशौ संशोधनले २५ पूर्णाङ्क प्रयोगात्मक परिक्षाको पनि व्यवस्था गरेको छ । तर प्रयोगात्मक परिक्षा सबैको लागि अनिवार्य छैन् । तर, विषयको प्रकृति हेरी आवश्यक ठानेमा आयोगले प्रयोगात्मक परीक्षा लिनेछ, भन्ने व्यवस्था नियमावलीमा प्रष्ट गरेको छ । यस्तै नियमावलीले परिक्षामा कति अङ्क ल्याए उत्तीर्ण हुने भन्ने बारेमा पनि प्रष्ट व्यवस्था गरेको छ । नियमावलीको दशौ संशोधनले सामान्य परीक्षाको उत्तीर्णाङ्क पचास अङ्क, विषयगत परीक्षाको उत्तीर्णाङ्क चालीस अङ्क तथा अन्रवार्ता र प्रयोगात्मक परिक्षको उत्तीर्णाङ्क दश अङ्क हुनेछ, भन्ने व्यवस्था पनि प्रष्टरुपमा गरिदिएको छ । अब शिक्षकले स्थायी हुनको लागि सुरुमा प्रारम्भिक परीक्षा उत्तीर्ण गर्नै पर्ने व्यवस्था नियमावलीले गरेको छ । यसअघि भने, एक सय पूर्णाङ्कको लिखित परिक्षा लिने व्यवस्था गरिएको थियो । उक्त परिक्षामा ४० अंक ल्याएर पास भएपछि अन्तरवार्तामा सहभागी हुन पाइने व्यवस्था थियो । यसैबीच आयोगले सार्वजनिक गरेको नयाँ पाठ्यक्रम अनुसार अब स्थायी शिक्षकको लिखित परिक्षाको पहिलो चरणको सामान्य परिक्षा तहगतअनुसार एउटै हुने छ । यस्तै, दोस्रो विषयगत तर्फको परिक्षाको प्रश्नपत्र भने, प्रत्येक विषयअनुसार फरक–फरक प्रश्नपत्रको निर्माण गरिने छ । आयोगका अनुसार विषय गत तर्फको प्रश्नपत्र भने प्रत्येक विषयको छुट्टाछुट्टै हुनेछ । साथै सामान्य परिक्षाको प्रश्नपत्र पनि प्राथमिक, निम्नमाध्यामिक र माध्यामिक तहको छुट्टाछुट्टै हुनेछ । सामान्य परिक्षाको प्रश्नपत्र सम्बन्धित तहका लागि मात्रै एउटै निर्माण गरिने आयोगले जनाएको छ । यस्तै, आयोगले स्थायी शिक्षकका लागि तत्काल विज्ञापन गर्न नसकिने पनि जनाएको छ । आयोगमा अध्यक्ष र दुईजना सदस्य गरी तीन सदस्यीय पदाधिकारी रिक्त रहेकाले तत्काल स्थायी शिक्षकका लागि विज्ञापन गर्न नसकिने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले अनलाइन दैनिकलाई जानकारी दिए । ‘आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्ति नभएसम्म प्रशासनिक काम गर्न गाह्रो हुने रहेछ । अब अध्यक्षसहितका रिक्त रहेका पदाधिकारीको नियुक्ति भएपछि मात्रै प्रशासनिक कामहरु अगाडी बढ्छन्’, सूचना अधिकारी मरहठ्ठाले अनलाइन दैनिकसँग भने, ‘अब देशभरको रिक्त रहेको दरवन्दी विवरण हामी कहाँ आएको छैन्, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठाउनु पर्ने हो, त्यो हामी कहाँ पठाइ दिनु पर्यो भनेर हामीले अनुरोध गरेका छौ । त्यो विवरण आएपछि मात्रै विज्ञापन गर्ने कुरा अगाडी बढछ होला ।’