बुधवार, मंसिर २२ २०७८
काठमाडौ - त्रिभुवन विश्वविद्यालयमा आंशिक शिक्षकहरुलाई स्वतः स्थायी गर्ने निर्णय विरुद्ध संयुक्त विद्यार्थी संगठनहरुले आन्दोलन गरेका छन।
पहुँचको आधारमा करार शिक्षक भएकाहरुलाई स्थाई गर्ने प्रक्रियाको बिरोधमा उत्रिएका विद्यार्थीलाई प्रहरीले हस्तक्षेप गरि गिरफ्तार समेत गरिएको बताइएको छ।

विश्वविद्यालय सभाको निर्णय प्रज्ञा बिरोधी प्रतिगामी निर्णय भन्दै विद्यार्थी हरुले आन्दोलन गरेका हुन् ।
विद्यार्थीले भनेका छन, 'बिश्वबिद्धालयले गरेको यस्तो निर्णय बिरुद्ध आन्दोलनरत संयुक्त बिधार्थि संगठनका नेताहरुकाे गिरफ्तारी निन्दनीय छ। गिरफ्तार बिधार्थि नेताहरु तुरुन्तै रिहाइको माग गर्दछौं ।'
विद्यार्थी संगठनले गिरफ्तार गरिएको विद्यार्थीहरूको तुरुन्त रिहा को माग गर्दै अन्यथा महँगो मूल्य चुकाउनु पर्ने बताएका छन।