Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाख १५ हजार विद्यार्थी सहभागी हुँदै।

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाख १५ हजार विद्यार्थी सहभागी हुँदै।

  • 802
    SHARES

  • कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाख १५ हजार विद्यार्थी सहभागी हुँदै।

    जेठ, १६ काठमाडौ - कक्षा १२ को परीक्षा आज (सोमबार) देखि सञ्चालन हुँदैछ। बिहान ८ बजेदेखि संचालन हुने परिक्षा जेठ २२ गते सम्म संचालन संचालन हुने छ।  राष्ट्रिय परिक्षा बोर्डका अनुसार देशभर एकैसाथ परीक्षा सञ्चालन हुने बताइएको छ।

    ‘देशभरका १ हजार २९२ परिक्षा केन्द्रमा राष्ट्रिय परिक्षा बोर्डका अनुसार करिब ४ लाख १५ हजार परीक्षार्थी सहभागी हुने जनाइएको छ।     

    ७७ जिल्लाका सबै केन्द्रमा परीक्षा सुरू हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइनेछ। परीक्षा केन्द्रले प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्नेछ। 

    विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर) मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाउने व्यवस्था गरिएको हो। 

    तीन घण्टा सञ्चालन हुने परीक्षालाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थितरूपमा सम्पन्न गर्न बोर्डका अध्यक्ष डा शर्माले सबै सरोकारवाला निकाय तथा आमनागरिकमा आह्वान गरेका छन्।     

    यसैबीच कक्षा ११ को परीक्षा पनि आजदेखि नै नै सञ्चालन हुनेछ। कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्न पाउने व्यवस्था गरिएकोले अधिकांश विद्यालयले भोलिदेखि नै परीक्षा सञ्चालन गर्ने तयारी गरेका छन्।

     

    images
    सोमवार, जेठ १६ २०७९०७:१९:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार