Jul 27 2026 | २०८३, श्रावण ११ गते

नवोदित कलेजद्वारा अन्तरकलेज फुटसल कप २०७९ उद्घाटन।

नवोदित कलेजद्वारा अन्तरकलेज फुटसल कप २०७९ उद्घाटन।

  • 1.2K
    SHARES

  • नवोदित कलेजद्वारा अन्तरकलेज फुटसल कप २०७९ उद्घाटन।

    साउन, ४ काठमाडौ । नेपालकै एक मात्र स्पोर्ट्स साइन्स अध्यापन हुने समाखुसी स्थित नवोदित कलेजले अन्तर कलेज फूटसल कप-२०७९ संचालन गरेको छ। SEE दिएर बसेका विद्यार्थीहरुलाइ केन्द्रीकृत गरेर कलेजले नवोदित फूटसल कप आयोजना गरेको हो।Polish_20220720_171906025.jpg20220720_092404 (1).jpg

    कलेजले उद्घाटन सत्र कलेजमै सम्पन्न गरेको र अन्य खेलहरु सामाखुसी फुटसलमा भइरहेको छन। फूटसल प्रतियोगितामा भाग लिन काठमाडौ जिल्लामा रहेका विभिन्न बिद्यालयका ११० टिम ले सहभागी जनाएका छन।20220720_092340.jpg

    फूटसल कप उद्घाटन कलेजका प्रीन्सिपल राजेन्द्र अधिकारीले गर्नु भयो। खेल उद्घाटन गर्दै प्रीन्सिपल अधिकारीले पढाइका साथसाथै विद्यार्थीहरुको शारीरिक, मानसिक र बौद्धिक क्षमताको बिकास गर्न खेलकुद अपरिहार्य रहेको बताउनु भयो। उहाँले खेलकुदलाइ व्यावसायिक रुपमा अघि बढाउनु पर्ने धारणा राख्दै, बिद्यालय स्तरमा खेलकुद संचालन गरि व्यावसायिक खेलाडी उत्पादन गर्न सकिने बताउनु भयो।20220720_092248.jpg

    त्यसैगरी खेलकुदलाई बिशेष जोड दिनकोलागी नवोदित कलेजले कक्षा ११ र १२ मा नेपाल मै पहिलो पटक स्पोर्ट्स साइन्स अध्यापन गरिरहेको छ।

    कलेजले आयोजना गरेको नवोदित फुटसल कपमा प्रथम पुरस्कार रु. २० हजार रहेको छ भने द्वितीय पुरस्कार रु.१० हजार रहेको छ। साथै बेस्ट प्लेयर रु. ३ हजार रहेको छ। फूटसल को लागि टिम दर्ता रु. ५०० तोकिएको छ ।20220720_092540 (1).jpg

    यसअघि हिसान काठमाडौले आयोजना गरेको फूटसल र भलिबलमा प्रतियोगितामा नवोदित कलेज च्याम्पियन बनेको थियो।

    फुटसल कार्यक्रममा चिरायु अस्पतालले हेल्थ डेस्क राखेर सहयोग गरेको छ।

     

    images
    बुधवार, श्रावण ४ २०७९०५:१४:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार