शनिवार, श्रावण ७ २०७९

साउन, ७ काठमाडौ । ग्लोबल भिजन स्कलर्स एकेडेमीद्वारा पाँचौ उपत्यकाब्यापी अन्तर -बिद्यालय वादो कराते प्रतियोगिता सम्पन्न गरेको छ। 'स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद ' भन्ने मुल नाराका साथ काठमाडौको नागार्जुन, २ स्थित ग्लोबल भिजन स्क्लर्स एकेडेमीद्वारा उक्त कार्यक्रम सम्पन्न गरेको हो।


कराते प्रतियोगितामा १३ बिद्यालयका कक्षा १ देखि कक्षा १० सम्मका १२० जना विद्यार्थी खेलाडी (छात्र / छात्र) सहभागी भएका थिए। १३ देखि ५५ केजि तौल समुहका विद्यार्थी खेलाडीहरु बिच प्रतिस्पर्धा गराइएको थियो।

उक्त कार्यक्रमको सभापतिमा स्कुलका अध्यक्ष बाबुराम गौतमले गर्नु भएको थियो। खेलकुद कार्यक्रममा प्रमुख अतिथि शहरी बिकास मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ प्रमख रहनुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिकोब्रुपमा रहेको मन्त्री श्रेष्ठले कराते प्रतियोगिता मा सफलता हाँसिल गरेका विद्यार्थी लाई हार्दिक बधाइ दिए। उनले जितेर घमण्ड गर्यो भने भोलि असफलता हासिल हुन्छ, बरु निरन्तर मेहेनत गरेर अर्को सफलताको लागि लाग्न पर्छ भन्दै मौसम र प्रकृतिको हिसावले खेलकुदका लागि राम्रो बाताबरण रहेको धारणा व्यक्त गरे। हिमाल, पहाड र तराइ मा फरक फरक बातावरणमा फरक फरक सम्भावनाहरु छन भन्दै उनले 'यसलाइ खेकुद पर्यटन को रुपमा बिकास गर्दै अन्तर्राष्ट्रिय खेलकुद हबको रुपमा बिकास गर्न सकिने बताउनुभयो'।

कार्यक्रममा प्रीन्सिपल चन्द्रकुमार वाग्लेले विद्यार्थीको सर्बांगिण बिकासमा ध्यान दिन खेलकुदको आयोजना गरेको बताउनुभयो। त्यसैगरी स्कुलका भाइस प्रीन्सिपलले शारीरिक तथा मानसिक रुपमा विद्यार्थीहरुलाइ फिट राख्नको लागि खेलकुदले सहयोग गर्ने भन्दै आगामी दिनहरुमा समेत यस्तो कार्यक्रमहरु जारी राख्ने बताउनु भयो।
उक्त प्रतियोगितामा ब्लुबर्ड स्कुल/ बिद्यालय प्रथम, ग्लोबल भिजन स्कोलर्स एकेडमी द्वितीय र पथप्रदर्शक सेकेण्डरि स्कुल तृतीय भएको थियो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाइ पुरस्कार स्वरुप ट्रफी, मेडल र प्रमाणपत्रको ब्यबस्था गरिएको थियो भने बेस्ट प्लेयर (छात्र, छात्रा) स्वरुप ट्रफिको ब्वस्था गरेको थियो। त्यसैगरी खेल अनुशाशीत टिमको रुपमा SouthWestern school ट्रफी र मेडल प्राप्त गर्यो।
त्यसैगरी कार्यक्रममा सफल बनाउन रेफृहरुलाइ सम्मन सहित टोकन अफ लभ बितरण गरेको थियो। अन्त्यमा कार्यक्रमआ सभापति तथा स्कुलका अध्यक्ष बाबुराम गौतम उपाध्याय ले सिकाइ प्रक्रियालाई कक्षाकोठा बाट बाहिर ल्याउन खेलकुद लगाएत अतिरिक्त क्रियाकलाप अनिवार्य रहेको भन्दै खेल शिक्षाले नै शारीरिक र मानसिक बिकासमा सबै भन्दा महत्त्वपूर्ण भुमिका खेन्ल्ल्ने बताउनु भयो। उक्त कार्यक्रम को संचालन स्कुलकी शिक्षिका इशु श्रेष्ठले गर्नु भएको थियो।




