मंगलवार, फाल्गुण २ २०७९
फागुन, २ धादिङ। जिल्लाको धुनिबेशी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा बिजेता विद्यार्थीलाई सम्मान तथा नगद पुरस्कार वितरण गरेको छ। धुनिवेशी, ०३ मा अवस्थित महाँङ्कालेश्वरी माध्यमिक बिधालयले रनिङ सिल्ड प्रतियोगिताको विभिन्न बिधाहरुमा सहभागी भइ बिजय प्राप्त गरेको खेलाडीहरुलाई प्रोत्साहन स्वरुप नगद तथा अभ्यास पुस्तिकाद्वारा पुरस्कृत गरेको हो।
कार्यक्रममा स्वर्ण पदक बिजेता आयुषा कडेल,रजत पदक बिजेताहरु श्वेता तामाङ ,रुजन श्रेष्ठ ,निर्जन श्रेष्ठ , सिर्जन तामाङ र कास्य पदक बिजेताहरु मनिशा शाही ,पुर्णिमा तामाङ ,प्रनिशा मगर, सबिना नेपाली ,रुजन श्रेष्ठ र पुजा मल्ललाई क्रमशः रु एक हजार, रु सात सय र रु पाँच सयको दरले पुरस्कृत गरिएको हो। उक्त बिद्यालय धुनिबेशी नगरपालिकामा रहेका सबै बिद्यालयहरु मध्य पाँचौं स्थानमा पर्न सफल भएको थियो।
गुणस्तरीय शिक्षा र स्तरीय खेलमा जोड दिंदै आएको महाँकालेश्वरी माध्यमिक बिद्यालयले नगर स्तरीय हाजिरी जवाफ प्रतियोगितामा तृतीय स्थान हाँसिल गर्न सफल भएको विद्यार्थीहरुलाई पनि पुरस्कर तथा सम्मान गरेको थियोे ।
बिद्यालय प्रधानाध्यापक तथा कार्यक्रमको सभापति राजेन्द्रप्रसाद पौडेलले विद्यार्थीहरुको शारीरिक ,मानसिक तथा बौद्धिक बिकास गर्दै विद्यार्थीको उज्ज्वल भविस्य निर्माणमा खेल जीवनको निकै महत्त्व रहेको जनाउनुभयो। उहाँले खेलाडीहरुको सर्वाङ्गिण बिकासमा आवश्यक पर्ने पुर्वाधारमा कुनै कसुर नराखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै विद्यार्थीहरुलाई पनि उच्च मनोबल राखेर अगाडि बढ्न आग्रह गर्नुभएको थियो।
उक्त कार्यक्रम बिधालयको शिक्षक साबित्रा काप्रीले संचालन गर्नुभएको थियो।