Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसईई तथा +2, दिएर बसेका विद्यार्थीलाई उपत्यकाका विभिन्न कलेजहरुमा खेलाडी छात्रवृत्ति दिने निर्णय ।

एसईई तथा +2, दिएर बसेका विद्यार्थीलाई उपत्यकाका विभिन्न कलेजहरुमा खेलाडी छात्रवृत्ति दिने निर्णय ।

  • 831
    SHARES

  • एसईई तथा +2, दिएर बसेका विद्यार्थीलाई उपत्यकाका विभिन्न कलेजहरुमा खेलाडी छात्रवृत्ति दिने निर्णय ।

    असार, २ काठमाडौ । जिल्ला भलिवल संघ काठमाडौले एसईई तथा +2, दिएर बसेका विद्यार्थीहरुका लागि उपत्यकाको विभिन्न कलेजहरुमा खेलाडी छात्रवृत्ति दिने निर्णय गरेको छ। शुक्रबार होटेल क्राउन प्लाजा नक्सालमा बसेको संघको पुर्ण बैठकले खेलाडी छात्रवृत्ति दिने निर्णय गरेको हो।

    खेलाडि छात्रवृत्ति कक्षा ११ मा ९० जना विद्यार्थी र १२ पास गरेका स्नातक तहमा १० जना विद्यार्थीहरुले पाउने जिल्ला भलिवल संघ काठमाडौका अध्यक्ष शुदर्शन जमकटेल बताउनुभयो। उहाँले खेलाडी छात्रवृत्ति रकम भलिवल संघ आफैले ब्यबस्थापन गर्ने बताउनुभयो।

    जिल्ला भलिबल संघ काठमाडौका अध्यक्ष शुदर्शन जमकटेल ज्यु को सभापतित्व मा बसेको उक्त बैठकमा आगामी ३ महीने कार्यक्रम को तालिका बनाई SEE तथा +2, दिएर बसेका विद्यार्थी हरुलाई उपत्यकाका विभिन्न कलेजहरुमा खेलाडी छात्रवृत्तिकाे योजनालाई अगाडि बढाउने लगाएत स्थानिय पालिका गठन, प्रतियोगीता, तालिम,सेमिनार, गोष्ठी लगायत का सम्पूर्ण विधालाई समावेश गरेर उक्त कर्यक्रम बनाइएको संघका महासचिब प्रदीप श्रेष्ठले जानकारी गराउनुभयो।

    छात्रवृत्तिपाउनका लागि बिद्यालयको सिफारिस अनिवार्य ल्याउनु पर्नेछ भने छात्रवृत्ति पाउने कलेजहरुको नाम भने पछि सार्वजनिक गरिने संघका अध्यक्ष जमकट्टेलले बताउनुभयो।

     

    images
    शनिवार, आषाढ २ २०८००४:४३:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार