Jul 27 2026 | २०८३, श्रावण ११ गते

एनप्याब्सन खेलकुद सप्ताहः टेबल टेनिसमा निरेश र इच्छालाई स्वर्ण

एनप्याब्सन खेलकुद सप्ताहः टेबल टेनिसमा निरेश र इच्छालाई स्वर्ण

  • 553
    SHARES

  • एनप्याब्सन खेलकुद सप्ताहः टेबल टेनिसमा निरेश र इच्छालाई स्वर्ण

    माघ, २० काठमाडौं  । राष्ट्रिय नीजि तथा आवासीय बिद्यालय एसोसिएसन (नेशन्ल ब्याब्सन) काठमाडौको खेलकुद सप्ताह अन्तर्गत टेबल टेनिसमा युनिर्भसलका निरेश गौतम र आरुणीकी इच्छा चापागाईंले स्वर्ण पदक जितेका छन् । निरेस सिंगल्स ब्वाइज र इच्छा गर्ल्समा पहिलो भए । 

    धुम्बाराहीस्थित युनिभर्सलमा भएको खेलमा ब्वाइज सिंगल्स फाइनलमा निरेशले फ्युचर स्टारका विजय थापा मगरलाई ११-६, ११-७ को सोझो सेटमा पराजित गरे । ग्रिन लन्स एकेडेमीका सुयोग रजक र आरुणीका प्रभास थापा तेस्रो भए ।

    नेसनल प्याब्सन काठमाडौंद्वारा आयोजित प्रतियोगिताको  गर्ल्स सिंगल्स फाइनलमा इच्छाले आफ्नै स्कुलकी कृतिका अर्याललाई ८-११, ११-६,११-७ को सेटमा हराइन् । पिक प्वाइन्टकी विष्णुकुमार मगर र युनिभर्सलकी प्रशंसा बुढाथोकी तेश्रो बने ।

    प्रतियोगितामा विभिन्न २२ विद्यालयका ४० ब्वाइज तथा १५ गर्ल्स खेलाडीले प्रतिस्पर्धा गरेको टेबल टेनिसका संयोजक विजय खरेलले जनाएका छन् । दुई सिंगल्स स्पर्धामा खेल भएको थियो ।

    विभिन्न ५ खेल समावेश खेलकुद सप्ताहअन्तर्गत आइतबार एथलेटिक्स र टग अफ वार हुने आयोजकका उपाध्यक्ष एवं अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रेमकुमार भुजेलले जनाएका छन् ।

     

    images
    शनिवार, माघ २० २०८००८:०८:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार