Jul 27 2026 | २०८३, श्रावण ११ गते

राजनीति दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न शिक्षा बिकास तथा समन्वय इकाइ रोल्पाको परिपत्र

राजनीति दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न शिक्षा बिकास तथा समन्वय इकाइ रोल्पाको परिपत्र

  • 686
    SHARES

  • राजनीति दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न शिक्षा बिकास तथा समन्वय इकाइ रोल्पाको परिपत्र

    बैशाख, ११ गते काठमाडौँ । राजनीति दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न शिक्षा बिकास तथा समन्वय इकाइ रोल्पाको परिपत्र जारी गरेको छ। शिक्षामन्त्री सुमना श्रेष्ठले दलमा आबद्ध शिक्षकलाई कारबाही गर्ने निर्णय गरेसँगै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गरेको परिपत्र अनुसार जिल्लाका सबै बिद्यालयहरुलाई परिपत्र जारी गरेको हो ।

    प्रस्तुत बिषयमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको २०८१ बैशाख ७ गतेको पत्राचार अनुसार शिक्षा ऐन, २०२८ (संशोधनसहित) को दफा १६ (ङ) को उपदफा (५) को खण्ड (छ) मा रहेको कानुनी व्यबस्था कार्यन्वयन गर्नु गराउनु भन्ने निर्देशन बमोजिम बिद्यालयमा कार्यरत सबै शिक्षक वा कर्मचारी राजनैतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको भए सो स्पस्ट खुलाइ इकाइमा पेश गर्न परिपत्रमा उल्लेख गरिएको छ।

    साथै कानुन परिपालन गर्ने दायित्व सबै शिक्षक कर्मचारीको समेत रहेकोले कानुन बिपरित राजनीतिक दलको कार्यकारी पदमा पाइए कानुन बमोजिम कार्बाही गर्ने बताइएको छ।

    यस्तो छ परिपत्र ।

    FB_IMG_1713837310398.jpg

    images
    मंगलवार, बैशाख ११ २०८१०८:४०:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार