आइतवार, चैत्र १ २०७७
सामान्यतया मुटु सम्बन्धी रोगलाई अंग्रेजीमा कार्डियोभास्कुलर डिजिज (मुटु अथवा रक्तनली सम्बन्धी रोग) भनिन्छ। मुटु (हार्ट) मा लाग्ने रोग धेरै प्रकारका हुन्छन्। विशेषगरि हार्ट अट्याक र कार्डिक एरेस्टले छोटो समयमा नै मानिसहरूको प्राण लिने भएकोले यसलाई प्राणघातक रोग भन्ने गरेको पनि पाइन्छ।
विश्व स्वास्थ्य संगठन सन् २०१५ को तथ्याङ्कले विश्वमा वार्षिक करिब १ करोड ७७ लाख मानिसहरू कार्डियोभास्कुलर डिजिज (मुटु रोग) बाट मर्ने गरेको देखाएको छ। यो मानव मृत्युको ३१% हिस्सा हो। त्यसकारण मुटुरोगलाई मानव मृत्युको नम्बर एक रोगका रुपमा लिइँदै आएको छ।
आजभोलि हर्ट अट्याक कम उमेरका मानिसलाई पनि हुने गरेको छ । तर हर्ट अट्याक किन हुन्छ ? र यसको असर के हो भन्ने बारेमा आज पनि मानिस जानकार छैनन् ।
कमजोर मुटु
मानिसको मुटु मजबूत कोशिकाहरुले बनेको हुन्छ । जसका कारण हाम्रो मुटु स्वस्थ रहन्छ तर आजभोलिको अस्वस्थ्य खानपिनका कारण कम उमेरमै यसमा समस्या आउने गरेको छ ।
ज्यादा धूम्रपान गर्ने मानिसलाई हार्ट अट्याकका खतरा ज्यादा हुन्छ भने कहिले काही यो वंशाणुगत कारणले पनि हुने गरेको छ ।
अक्सीजनको कमी
धमनि बन्द भएसँगै हाम्रो मुटुमा पर्याप्त मात्रामा रगत तथा अक्सीजन पुग्दैन जसका कारण तिव्र रुपमा धड्कन जान्छ र श्वास फेर्न समस्या आउँछ । जो हार्ट अट्याकको कारण बन्छ ।
जब मुटुमा अक्सीजन को कमी हुन थाल्त तव मुटुले मस्तिष्कमा इमरजेन्सी सिग्नल पठाउँछ । त्यसपछि मस्तिष्क यो इमरजेन्सी सिग्नल हड्डीमा पठाउँछ र मुटुमा अक्सीजन को कमी भएपछि शरीरको दोस्रो हिस्साको अक्सीजन सप्लाई कम गरिदिन्छ ।
यस्तो स्थितिमा शरीर को दोस्रो हिस्सा जस्तै गर्दन, कान, काँध, पाखुरामा पीडा हुन्छ । भने टाउँको बीचमा चर्को दुखाइ हुन्छ, जो हर्ट अट्याकको संकेत हो ।
रक्त सञ्चारमा रूकावट
हाम्रो शरीरमा मटुको काम भनेको अक्सीजन, पोषक तत्व तथा रगतलाई पम्प गरेर शरीरको दोस्रो भागमा पु-याउने हो ।
तर बढ्दो उमेरका साथ साथ या खराब खानपान र जीवन शैलीका कारण मुटुमा पुग्ने रक्त प्रवाहरमा रूकावट हुन्छ जसका कारण हर्ट अट्याक कारण बन्छ ।
रगतको प्रवाह
जब हाम्रो शरीर को धमनिमामा रुवावट हुन्छ तव शरीरमा रक्त प्रवाह सुचार हुन सक्दै जसका कारण कायौं पटक हर्ट अट्याक हुन सक्छ ।
धमनिमा विभिन्न पदार्थहरु जम्मा हुन जाँदा रक्त सञ्चारमा रोकावट हुन्छ । जसका कारण दौडिदा मुटु धेरै धड्कन्छ वा पम्प गर्छ तर रक्तनलिमा रुकावट आउदा आवश्यकता अनुसारको रक्त प्रवाह हुन सक्दैन र हर्ट अट्याक हुन जान्छ ।
एक्कासी तपाईंको मुटुको धड्कन बढ्न थाल्यो र छातीमा पीडा महसुस गर्नुभयो अनि सास लिन पनि कठिन हुँदै गयभने हार्ट अट्याकको लक्षण हुनसक्छ ।
सामान्यतया हार्ट अट्याक र प्यानिक अट्याकको सुरुवाती लक्षण उस्तै हुन्छन्।
सहरी जीवनशैली, अस्वस्थ खानेकुरा, धुमपान तथा मदिराको सेवन र शारिरीक व्यायामको कमी लगायतका कारण धेरै मानिसले मुटुसम्बन्धी समस्या झेलिरहेको पाइन्छ जसका कारण पनि यो रोग लाग्न सक्छ ।
तीव्र प्रतिस्पर्धा, नकारात्मक सोंच, मानिसको बढ्दो आकांक्षालगायतका कारण गलत समयमा स्ट्रेसहर्मोन (तनाव वा संकटपूर्ण अवस्थामा दिमागमा उत्पादन हुने रसायन) श्रृजना हुँदा प्यानिक अट्याक भएर मानिसले मुटुको ढुकढुकी बढेको, छाती दुखेको वा भारी भएको तथा सास फेर्न गाह्रो भएको लगायतको समस्या महसुस गर्दछन्।
उता मुटुको धमनीमा अवरोध आइ हृदयले राम्रोसँग शरीरभरि रक्तसञ्चार गर्न नसक्दा हार्ट अट्याक हुने गर्दछ ।
अट्याकपछि के हुन्छ ?
हर्ट अट्याक पछि मुटुका केहि हिस्साले काम गर्न छोड्छन् जो फेरि ठिक हुने सम्भावना अत्यन्तै कम हुन्छ । जसका कारण हर्ट अट्या पछि जुन सुकै समयमा पनि ज्यान जान सक्छ ।
यस्तो स्थिति मा तुरुन्त डाक्टरसँग जाँच गराउन आवश्यक छ ताकि समय रहदै यसमा नियन्त्रण गर्न सकियोस् ।
हार्ट अट्याकको खतरा कम गर्नका लागि जरुरी छ खानपानमा नियन्त्रण, तथा जीवनशैलीमा परिवर्तन । यसका लागि धेरै मसलेदार खानमा नियन्त्रण आवश्यक छ ।
त्यस्तै नियमित रुपमा फलफुल, सलाद, हरियो साग सव्जीको प्रयोग आवश्यक छ । त्यस्तै नियमित रुपमा योग तथा व्यायाम जरुरी छ ।
एजेन्सी