Jul 27 2026 | २०८३, श्रावण ११ गते

एड-मार्कले गर्यो राष्ट्रिय टोपी दिवसको अवसरमा विद्यार्थी उत्प्रेरणा कार्यक्रम

एड-मार्कले गर्यो राष्ट्रिय टोपी दिवसको अवसरमा विद्यार्थी उत्प्रेरणा कार्यक्रम

  • 605
    SHARES

  • एड-मार्कले गर्यो राष्ट्रिय टोपी दिवसको अवसरमा विद्यार्थी उत्प्रेरणा कार्यक्रम

    काठमाडौ। महानगरको वडा नं. १४ कलंकि स्थित एड-मार्क स्कुल/कलेजले राष्ट्रिय टोपी दिवसको अवसरमा विद्यार्थी उत्प्रेरणा कार्यक्रम आयोजना गरेको छ। बुधवार कलंकिको एक पार्टी प्यालेसमा कक्षा ११ र १२ का करिब ६ सय विद्यार्थीहरुलाई सहभागी गराई उत्प्रेरणा कार्यक्रम आयोजना गरेको हो।

    IMG_6195~2.JPG

    उक्त कार्यक्रम एड-मार्क स्कुल/कलेजका ब्यबस्थापन समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीको सभापतित्वमा स्कुल/कलेज प्राचार्य शिव प्रसाद अधिकारी, सह-प्राचार्य प्रकाश लम्साल, संयोजक (Cordinator) बलराम गैरे, परीक्षा संयोजक माधव प्रसाद उप्रेती, प्रशासकीय अधिकृत दिपक अधिकारी लगाएत शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा जीवन दर्शनकोबारे सकारात्मक सोचले भरिपुर्ण बिचार प्रस्तुत गर्ने मोटिभेसनल स्पिकर डा . रबिन कटुवाल प्रमुख अतिथिको रुपमा रहेका थिए।

    FB_IMG_1735784577853.jpg

    कार्यक्रममा बोल्दै प्राचार्य शिव प्रसाद अधिकारिले राष्ट्रिय टोपी दिवसले नेपालिहरुको राष्ट्र प्रतिको प्रेम बढ्ने र यसले सकारात्मक संदेश प्रवाह गर्ने धारणा ब्यक्तगर्नुभयो। साथै विद्यार्थीहरुलाई अनुशासित, संस्कारितसंगै अध्ययन अध्यापनमा प्रेरित गर्ने उद्देश्यले मोटिभेशनल कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

    IMG_6190~2.JPG

    उक्त कार्यक्रममा मोटिभेसनल स्पिकर डाक्टर रबिन कटुवालले विद्यार्थीहरुलाई करिब तीन घण्टा प्रशिक्षण दिएका थिए। सो क्रममा डा. कटुवालले जिवनमा संघर्ष गर्नेले मात्रै सफलता हात पार्ने बताए। उनले विद्यार्थीहरु परिश्रम गरेभने नेपालमै अवसरको भण्डार रहेको बताए। अवको १० बर्षपछि गर्ने कार्यको लागी अहिले देखि तयार गर्नुहोस, आफ्नो लक्ष बनाउनुस र त्यो अनुरुप पढ्नुस् सफलता तपाइलाई पछ्याउँदै आउँछ, कटुवालले भने। उनले ग्लोबल सिटिजन बन्नुभन्दा पहिला यो देशको सभ्य नागरिक बन्न विद्यार्थीलाई सुझाव दिए।

    IMG_6199~2.JPG

    त्यसैगरि अहिलेका युवाहरु बिदेशिन हतार गर्ने भन्दै आफ्नै देशमा भएको स्रोत साधनको पहिचान गर्न नस्क्नुले यस्तो अवस्था आएको बताए । हाम्रा युवाहरु आफ्नो देशको स्रोतसाधन बारे अनबिज्ञ छन, बिज्ञहरु समेत आफ्नो ठाउमा परिश्रम गर्न लजाउछन तर अर्काको देशमा गएर तेस्रो दर्जाको नागरिक बन्दै अत्यन्तै सामान्य काम गर्न तयार हुछन्।, जुन अत्यन्तै दुख लाग्ने कुरा हो, उनले भने। प्रशिक्षणका क्रममा कटुवालले सफलता प्राप्त गर्न सोच बदल्नुपर्ने र आत्मबिश्वासि बन्नुपर्ने कुरामा जोड दिनुभयो।

    IMG_6219~2.JPG

    उक्त कार्यक्रममा विद्यार्थीहरुले पालना गर्नुपर्ने अनुशासन, उनीहरुको ब्यक्तित्व बिकास, असल बानी ब्यवहार, अभिभावकप्रतिको जिम्वेवारी, संस्कार र संस्कृति, काम र पढाईबिचको समन्वय लगायतका बिषयमा प्रशिक्षण गराइएको थियो ।

    IMG20250101085206.jpg

    मोटिभेसन कार्यक्रमम सहभागी विद्यार्थीहरु कार्यक्रम पश्चात् सकारात्मक धारणा सहित घर फर्किएका थिए। करिब ३ घन्टासम्म हलमा बसेर विद्यार्थीहरुले मोटिभेसन ट्रेनर डा. रबिन कटुवालका सकारात्मक धारणाहरु सुनेकाथिए।

    IMG_6212.JPGIMG_6228.JPGIMG_6238 (1).JPGIMG_6242 (1)~2.JPGIMG_6205.JPG

    images
    बिहिवार, पौष १८ २०८१०८:३३:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार