Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्याब्सन काठमाडौँ जिल्लाव्यापी अन्तर- विद्यालय फूटसल प्रतियोगिता साउन २३ बाट ।

प्याब्सन काठमाडौँ जिल्लाव्यापी अन्तर- विद्यालय फूटसल प्रतियोगिता साउन २३ बाट ।

  • 542
    SHARES

  • प्याब्सन काठमाडौँ जिल्लाव्यापी अन्तर- विद्यालय फूटसल प्रतियोगिता साउन २३ बाट ।

    साउन, २० गते/ काठमाडौँ। निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौँ जिल्लास्तरीय अन्तर- विद्यालय फूटसल प्रतियोगिता साउन २३ बाट हुने भएको छ। मंगलवार काठमाडौँमा एक पत्रकार सम्मेलन आयोजना गर्दै सो कुरा जानकारी दिइएको हो।

    IMG_6269~2.JPG

    काठमाडौँ जिल्लाभरबाट छानिएका ४५ विद्यालय सम्मिलित फूटसल प्रतियोगिता सुकेधारास्थित बागमती बोर्डिङ स्कुलमा हुने भएको छ। उक्त प्रतियोगिता साउन २३,२४ र २५ गतेसम्म सञ्चालन हुनेछन।

    खेलहरु प्याब्सन काठमाडौँ जिल्लाको आयोजना र काठमाडौँ महानगरको संयोजनमा हुने जिल्ला अध्यक्ष नवराज भट्टले जानकारी दिनुभयो ।

    पढाई संगै शारीरिक तथा मानसिक विकासको लागि आयोजना गरिएको फूटसल प्रतियोगिता काठमाडौँ  जिल्लाअन्तर्गत रहेका नगरपालिकाभरका ६ सय भन्दा बढी विद्यालयबाट छनोट भएर त्यहाँको सदस्य संख्याका आधारमा १५ विद्यालय बराबर एक टिम छनोट गरिएको अध्यक्ष भट्टले बताउनुभयो। फूटसल मार्फत फूटबलको बिकासका लागि खेल आयोजना गरिएको अध्यक्ष भट्टको भनाई छ।

    उक्त प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरु भाग लिन पाउनेछन् । खेलहरु राष्ट्रिय रेफ्रीहरु संग समन्वय गरेर खेलाइने छन्।

    पत्रकार सम्मेलनमा बोल्दै काठमाडौँ महानगरपालिकाका अध्यक्ष गगन सिंह ऐरले खेलले नैतिकवान विद्यार्थी उत्पादन गर्ने उदेश्य राखेको बताउनुभयो । विद्यालय र विद्यार्थीविच भातृत्व कायम गर्न र खेलप्रति विद्यार्थीहरुको रुचि बढाउन फूटसल प्रतियोगिता आयोजना गरिएको भन्दै अध्यक्ष ऐरले नक्कली खेलाडी ल्याएमा ५० हजार जरिवाना र तीन बर्षसम्म कुनै पनि खेलमा सहभागी नगराउने बताउनुभयो। भाइचाराको सम्बन्ध गाँस्न चाहेको हो। अध्यक्ष ऐरले भन्नुभयो, 'खेलमा सहभागी हुने विद्यार्थीहरुको बारेमा बिरोध आए इमिस नम्बर परिक्षण गर्ने बताउनुभयो।' उहाँले सबै सहभागी हुने विद्यालय र विद्यार्थीहरुले अनुशासन कायम गर्नुपर्ने समेत बताउनुभयो ।

    फूटसल प्रतियोगिता फिफा रेफ्री माधव रेग्मीको नेतृत्वमा राष्ट्रिय रेफ्रीहरुले खेल खेलाउने छन्। फूटसल प्रतियोगितामा प्रथम हुने टिमले नगद रू. २५ हजार, द्वितीय १५ हजार र तृतीय हुने टिमले १० हजार पुरस्का सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

    आयोजकका अनुसार सहभागी हुने टिममा सबैभन्दा बढी काठमाडौँ महानगरपालिकाबाट १६ वटा टिम रहेका छन् भने तत्पश्चात गोकर्णेश्वरबाट ६ वटा टिम, तारकेश्वर र कागेश्वरी मनहराबाट ४/४ टिम, नागार्जुन, चन्द्रागिरी, बुढानिलकण्ठ र टोखा नगरपालिकाबाट ३/३ टिम, कीर्तिपुर नगरपालिकाबाट २ टिम र शंखरापुर नगरपालिकाबाट १ टिम सहित जम्मा ४५ वटा टिम सहभागी हुने बताइएको छ।

    images
    मंगलवार, श्रावण २१ २०८२०८:४०:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार