शनिवार, श्रावण ९ २०७८
नेपाल नर्सिङ परिषदले नामदर्ता प्रमाणपत्र परीक्षा (Licensing Examination) आगामी भदौ १९ गते सञ्चालन गर्ने भएको छ । ०७८ साउन ४ गते एक सुचना जारीगर्दै वार्षिक कार्य तालिका अनुसार नामदर्ता प्रमाण पत्रको परीक्षा भदौ १९ गते गर्ने भएको हो ।
परीक्षामा सामेल हुन परीक्षार्थीहरुलाई प्रविणता प्रमाणपत्र तह (नर्सिङ वा वीएस्सी नर्सिङ) उत्तीर्ण भएको हुनु पर्ने र National Licensing Examination for Midwives (NLEM) परीक्षामा सामेल हुने परीक्षार्थीहरु बीएमएस (BMS) पास गरेको हुनु पर्ने परिषद्ले प्रकाशित गरेको सूचनामा उल्लेख गरेकोछ ।
साथै विद्यार्थीले अनलाइनबाट फारम भर्न सकिने र फारम बुझाउने समय साउन १० देखि भदौ ७ गतृे सम्म रहेको छ । विद्यार्थीले दोब्बर दस्तुरतिर विद्यार्थीले भदौ ८ देखि १३ गतेसम्म फारम भर्न सक्ने सूचनामा उल्लेख गरेको छ
