Jul 27 2026 | २०८३, श्रावण ११ गते

गेटा मेडिकल कलेज संचालन गर्न सुझाव समिती बन्यो । अझै पाएन मेडिकल कलेजको स्वीकृति ।

गेटा मेडिकल कलेज संचालन गर्न सुझाव समिती बन्यो । अझै पाएन मेडिकल कलेजको स्वीकृति ।

  • 1.3K
    SHARES

  • गेटा मेडिकल कलेज संचालन गर्न सुझाव समिती बन्यो । अझै पाएन मेडिकल कलेजको स्वीकृति ।

    कैलाली - अत्तरिया स्थित गेटामा निर्माण सम्पन्न भैसकेको गेटा मेडिकल कलेज सञ्चालनका लागि सुझाब दिन सरकारले चेतराज पन्तको संयोजकत्वमा समिति गठन गरिएको बताइएको छ । 

    निर्माण भएको लामो समय बितिसक्दा समेत सुदूरपश्चिम कै एक मात्र मेडिकल कलेजको रुपमा स्थापित गरिएको गेटा मेडिकल कलेज हाल सम्म पठनपाठन र स्वास्थ्य सेवा केहि संचालन हुनसकेको छैन।

    सरकारले सातवटै प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्ने कार्ययोजना अघि बढाएपनी नयाँ कलेजको प्रगति त परै जाओस्, पहिले नै पूर्वाधार निर्माण भएका कलेज सञ्चालन गर्न पनि सरकारले रुचि देखाएको छैन । 

    २०४४ सालतिर शंकराचार्यले कैलालीको गेटामा मेडिकल कलेज स्थापना गर्ने भन्दै केही जग्गा किनेका थिए र सानो घर पनि बनाएका थिए । उनै शंकराचार्यले २०५६ मा जयन्त सरस्वती स्वर्ण महोत्सव ट्रस्ट स्थापना गरे । त्यही वर्ष सरकारले गेटा आँखा अस्पताल अगाडिको ७७ बिघा जमिन मेडिकल कलेज स्थापनाका लागि ट्रस्टको नाममा दियो । तर, ७ वर्षसम्म मेडिकल कलेजको कुरा हराएझैं भयो । यतिसम्म कि २०६२ मा स्थानीयलाई त्यस क्षेत्रमा सामुदायिक वन जगेर्ना गर्न भनियो । २०६५ मा सरकारले पहिलो पटक गेटा मेडिकल कलेजका लागि एक करोड बजेट विनियोजन गरेको थियो ।

    सरकारी ढुकुटीको पौने चार अर्ब खर्च गरेर तत्काल मेडिकल कलेज सञ्चालन गर्न सकिने भव्य भौतिक पूर्वाधार बनेको छ तर राजनीति खिचातानी र उदासिनताको कारण संचालन मा आउन सकेको छैन ।

    मेडिकल कलेज संचालनमा नआउदा स्थानिय बासी सरोकारवालाहरु चाँडो संचालमा ल्याउन पर्ने भन्दै दबाब दिरहेको छन। यसअघि सुदूरपश्चिममा अवस्थित स्थानिय विद्यार्थी संगठनहरुले गोटा मेडिकल कलेज लाई शुदूरपश्चिम बिश्वबिद्धालय अन्तर्गत ल्याई चाँडो संचालन गर्न प्रदेश सरकार मार्फत प्रधानमन्त्री लाई मागपत्र समेत पेस गरेको थियो ।

    मेडिकल कलेजको कार्ययोजनाले अघिल्लै  वर्षदेखि अस्पताल र शैक्षिक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको थियो । तर, एकबर्ष बितिसक्दा समेत कुनै विश्वविद्यालयको सम्बन्धनमा वा छुट्टै प्रतिष्ठानको रूपमा सञ्चालन गर्ने भन्ने निक्र्यौल भएको छैन ।

    गेटा मेडिकल कलेज

    images
    बुधवार, भाद्र १६ २०७८०८:४७:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार