शुक्रवार, जेठ २७ २०७९
जेठ, २७ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालयद्वारा स्नातक तहका विभिन्न संकायको परिक्षा तालिका प्रकाशित गरेको छ। बिश्वबिद्धालयले ४ बर्षे स्नातक तह B.Sc., BBS., BA, र B.Ed. दोश्रो बर्ष २०७८ को परीक्षा तालिका प्रकाशित गरेको हो।
परिक्षा नियन्त्रण कार्यलय बल्खु द्वारा बार्षिक परीक्षा प्रणाली अनुरुप २०७८ सालको २०७९ मा संचालन हुने ४ बर्षे स्नातक तह मानविकी, शिक्षाशात्र संकाय, ब्यबस्थापन र बिज्ञान तथा प्रबिधि अध्यायन तर्फका नियमित तथा आंसिक परिक्षार्थिहरुको परीक्षा तालिका प्रकाशित गरेको छ।
तालिका अनुरुप चार बर्षे स्नातक तह B.Sc. दोश्रो बर्षको परीक्षा, २०६९ साउन १ गते , बिहान १२:०० बजे देखि ३:०० बजे सम्म संचालन हुने जनाएको छ।
त्यसैगरी चार बर्षे स्नातक तह मानवीकि संकायको २०७९ साउन १ गते देखि बिहान १२:०० देखि ३:०० बजे सम्म संचालन हुने छन भने चार बर्षे स्नातक तह B.Ed. तर्फको २०७९ साउन १ गते देखि १२:०० देखि ३:०० बजे सम्म संचालन हुनेछन।
चार बर्षे स्नातक तह BBS दोश्रो बर्षको नियमित परीक्षा सोही साउन महिना ३ गते दिनको ७:०० देखि १०:०० बजे सम्म संचालन हुने छ। भने चार बर्षे स्नातक तह BBS दोश्रो बर्स आंसिक तर्फको साउन २ गते बिहान ७:०० देखि १०:०० बजे सम्म संचालन हुने छन।
हेर्नुस परीक्षा तालिका।


