शुक्रवार, कार्तिक १७ २०८०
कार्तिक, १७ काठमाडौं ।आइसिसी टि२० विश्वकप एसिया क्षेत्र अन्तिम चरण छनोट खेलको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा पुगेको छ । यस संगै दश वर्षपछि नेपालले टि२० विश्वकपमा स्थान बनाएको हो ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो ।
जितको लागि युएईले दिएको १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७. १ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । यसक्रममा नेपालका आसिफ शेख ५१ बलमा ७ चौका र १ छक्कासहित ६४ रनमा नट आउट रहे । रोहित पौडेल २० बलमा २ चौका र २ छक्कासहित ३४ रनमा नट आउट रहे । त्यस्तै ओपनर कुशल भुर्तेलले ११ रन र गुल्शन झा ले २२ रनको योगदान दिए।
यसअघि नेपालले २०१४ मा पहिलो टि२० विश्वकप खेलेपनि त्यसपछि पुन खेल्न सकेको थिएन । टि २० बिश्वकप आगामी २०२४ जुनमा हुदैछ। तस्बिर : क्यान









