बुधवार, चैत्र २८ २०८०
चित, २८ काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ ।
मन्त्रालयले सूचना जारी गरी A Level, International Baccalaureate, CBSC र सोसरहका कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका ४९ संस्थाको सूची सार्वजनिक गर्दै ती बाहेकका संस्थामा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको हो ।
इन्टरनेशन एजुकेसन प्रोभाइडर्स अफ नेपाल (आइप्यान)ले भने नेपालमा ८९ संस्था सञ्चालनमा रहेका जनाएको छ । मन्त्रालयले अनुमति नलिई सञ्चालन हुने संस्थालाई कारबाही गर्ने चेतावनी समेत दिएको छ



