Jul 27 2026 | २०८३, श्रावण ११ गते

एड-मार्कले गर्‍यो बिबिएस र बिएसडब्लु उत्तीर्ण विद्यार्थीलाई अभिनन्दन सहित बिदाई

एड-मार्कले गर्‍यो बिबिएस र बिएसडब्लु उत्तीर्ण विद्यार्थीलाई अभिनन्दन सहित बिदाई

  • 2.2K
    SHARES

  • एड-मार्कले गर्‍यो बिबिएस र बिएसडब्लु उत्तीर्ण विद्यार्थीलाई अभिनन्दन सहित बिदाई

    पुस, १४ काठमाडौ । एड-मार्क एकेडेमीले स्नातक तह BBS र BASW उत्तीर्ण गरेका विद्यार्थीहरुलाई अभिनन्दन सहित बिदाइ गरेको छ। शनिवार बानेश्वरको अल्फा हाउसमा एक भब्य कार्यक्रमका बीच विद्यार्थीहरुलाई अभिनन्दन गर्दै बिदाई गरेको हो।

    IMG_5963.JPG

     कार्यक्रम एडमार्क स्कुल तथा कलेजका अध्यक्ष पुरुषोत्तम अधिकारिको सभापतित्वमा सम्पन्न भयो। प्रमुख अतिथिको रुपमा त्रिभुवन विश्वविद्यालय ब्यबस्थापन संकायका डिन प्रा.डा.महानन्द चालिसे, अतिथि धनराज चालिसे, क्याम्पस प्रमुख शिवप्रसाद अधिकारी, सह-प्राचार्य प्रकाश लम्साल, संयोजक (Cordinator) बलराम गैरे, परीक्षा संयोजक माधव प्रसाद उप्रेती, प्रशासकीय अधिकृत दिपक अधिकारी लगाएत शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।

    IMG_6112.JPG

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी महानन्द चालिसेले बिबिएस पाठ्यक्रम आजको बजार माग अनुरुप भएकोले विद्यार्थीहरुलाई उपयोगी रहेको बताउनुभयो। बिश्वभरी migration (बसाइँसराइ) बढेको छ त्यस कारण हाम्रो पनि विद्यार्थी बाहिर गएको हो भन्दै आँतिनुपर्ने अवस्था नरहेको बताउनुभयो। त्रिभुवन विश्वविद्यालय संसरभरिकै सबै भन्दा धेरै विद्यार्थी पढ्ने विश्वविद्यालय भएकोले यसको सान राख्न हामिले काम गर्नुपर्ने चालिसेले बताउनुभयो।

    Screenshot_2024-12-29-17-20-46-39_965bbf4d18d205f782c6b8409c5773a4~2.jpg

     उक्त कार्यक्रममा प्राचार्य शिवप्रसाद अधिकारिले विद्यार्थीहरुको आगामी जीवन उज्वल रहोस भन्दै शुभकामना ब्यक्त गर्नुभयो। उहाँले त्रिभुवन विश्वविद्यालयका डिनलाइ लक्षित गर्दै बिबिएसको पाठ्यक्रम बजार अनुसार परिवर्तन गर्नुपर्ने बताउनुभयो। साथै भविष्यमा विद्यार्थीहरुले आफ्नो लक्ष्य र उदेश्य पुरा गर्न अध्ययन मार्फत प्राप्त गरेको ज्ञान जिम्मेवारीपुर्वक व्यबहारमा उतारेमात्रै सार्थकता प्राप्त गर्न सकिने प्राचार्य अधिकारीले बताउनुभयो ।

    IMG_6024~2.JPG

    त्यसैगरी एडमार्क एकेडमीका अध्यक्ष तथा कार्यक्रमका सभापति पुरुषोत्तम अधिकारिले आफुले अध्ययन गरेको बिषयमा दखल राख्दै अगाडिको शिक्षा अघि बढाउन सुझाव दिनुभयो। साथै आगामी जीवनमा खुसी रहन शुभकामना ब्यक्त गर्नुभयो।

    Screenshot_2024-12-29-17-24-47-60_965bbf4d18d205f782c6b8409c5773a4~2.jpg

    कार्यक्रममा विद्यार्थीहरुले विभिन्न संस्कृतिक नृत्य तथा गायनहरु प्रस्तुत गरेका थिए। उक्त कार्यक्रम सञ्चालन क्याम्पसका संचालक बलराम गैरेले गरेका थिए ।

    IMG_6126~2.JPGIMG_6120~2.JPGIMG_6132.JPGIMG_6040.JPGIMG_6043.JPGIMG_5992.JPGIMG_5980.JPGIMG_5964.JPG

    images
    आइतवार, पौष १४ २०८१०५:२९:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार