Jul 27 2026 | २०८३, श्रावण ११ गते

अपुरो नतिजा प्रकाशन भएको भन्दै PU का विद्यार्थी कानूनी उपचारमा जाने ।

अपुरो नतिजा प्रकाशन भएको भन्दै PU का विद्यार्थी कानूनी उपचारमा जाने ।

  • 654
    SHARES

  • अपुरो नतिजा प्रकाशन भएको भन्दै PU का विद्यार्थी कानूनी उपचारमा जाने ।

    काठमाडौँ– अपुरो परीक्षाफल प्रकाशन भएको लामो बितिसक्दा समेत कुनै प्रतिक्रिया नआएको भन्दै पूर्वाअञ्चल विश्वविद्यालयविरुद्ध कानुनी उपचारमा जाने भएका छन।

    विश्वविद्यालयले आगामी आइतबारसम्ममा परीक्षाफल बारे निर्णय नदिए हिमालयन कलेज अफ एग्रीकल्चरल साइन्स एन्ड टेक्नोलोजी कलेज (हिकाष्ट) विद्यार्थीहरू कानूनी उपचारमा जाने बताएका हुन्।

    यस अघि गत भदौ ९ गते विश्वविद्यालय र मातहतका कलेजहरुको लापरबाहीका कारण बिएस्सी एक्ग्रीकल्चर सातौँ र भेटेनरीको सातौँ–नवौँ सेमेष्टरका केही विद्यार्थीहरुको परीक्षाफल अपूरो प्रकाशन भएको थियो । <प> एक महिनादेखि आन्दोलन अनसन गर्दा पनि कुनै पनि सकारात्मक नतिजा नआएपछि कानूनी उपचारमा जाने योजनामा आफूहरु रहेको उनले बताए । <प> तर विश्वविद्यालयले भने नियमित र आंसिक परीक्षाका लागि परीक्षा आवेदन फारम खुलाएको छ।

    आगामी आइतबारसम्म उक्त फारम भर्ने मिति तोकिए पनि कलेज र विश्वविद्यालयको मौनताका कारण नतिजा अपुरो आएका विद्यार्थीहरुले फारम भरेका छैनन् । उनीहरुले परीक्षामा फेल नलेखेका कारण आफूहरु फारम भर्ने कि नभर्ने भन्ने अन्योलमा रहेको उनले बताए ।

    विश्वविद्यालयले नतिजा नसच्याए र आंसिक परिक्षाको फारम भर्न पनि छुट्यो भने आफूहरुको एक वर्ष खेर जानेछ।

    हिकाष्ट कलेजको स्नातक एग्रीकल्चर सातौँ समेस्टरका ४० जना र भेटेनरी सातौँ र नवौँका समेस्टरका १५ जना विद्यार्थीहरुको नतिजा पनि अपूरो आएको आएको विद्यार्थीहरुले बताए ।

    त्यस्तै नेपाल पोलिटेक्निक इन्सिच्यूट (एनपीआई) का भेटेनरी सातौँ समेस्टरका विद्यार्थी टेकबहादुर ओलीले एक दुई दिनमा सकारात्मक नतिजा आउँछ भन्दै कलेजले आफूहरुलाई झुलाइरहेको बताए ।

    उनका अनुसार अहिले कलेजमा अन्य सेमेस्टरका विद्यार्थीहरुका लागि परीक्षा आवेदन फारम खुलेकाले तालाबन्दी खोलिदिएको छ। तर एनपीआईका करिब ५० जना विद्यार्र्थीहरुको नतिजा अपुरो आएको र यसको समाधान  गर्नु अनिवार्य सर्त हो।

    एनपीआई इन्सिच्यूटका सहायक प्रशासक जय घिमिरेले अबको केही दिनभित्र विद्यार्थीहरुको नतिजाबारे केही निर्णय आउने जानकारी विश्वविद्यालयले दिएको बताए । विद्यार्थीहरुको नतिजा अपुरो आउनुमा कलेज प्रशासनको गल्ती नभएको उनको भनाइ छ । <0> विश्वविद्यालयले २ बजेसम्म प्राप्त गरेको उत्तर पुस्तिकालाई पठाउन सकिन्छ भन्ने सूचना दिएकाले सोही अनुसार उत्तरपुस्तिका पठाए पनि विद्यार्थीहरुको नतिजा अपुरो आएको उलने बताए ।

    उनका अनुसार परीक्षा आवेदन फारम आइतबारसम्म भए पनि डबल दस्तुरको लागि समय छ । कुनै विद्यार्थीका नतिजा बिग्रीएको भए विद्यार्थीहरुलाई डबल तस्तुरमा नपार्ने उनले बताए ।

    त्यस्तै हिकाष्ट कलेजका प्रिन्सिपल कृष्णबहादुर श्रेष्ठले अबको केही दिनमा विश्वविद्यालयले आवश्यक निर्णय गर्ने आशामा आफू रहेको बताए । उनका अनुसार कलेजले आवश्यक कागजात विश्वविद्यालयलाई पठाइसकेको छ ।

    कोराना माहामारीका कारण विश्वविद्यालयले गत वर्ष २०७७ असोज २० गतदेखि अनलाइन माध्यमबाट विभिन्न सेमेस्टर तथा स्नातक तहको ‘टाइम बाउण्ड होम इक्जाम’ सञ्चालन गरेको थियो ।

     

    images
    शुक्रवार, आश्विन ८ २०७८०७:४७:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार