बुधवार, आषाढ २२ २०७९
असार, २२ पोखरा । पोखरा बिश्वबिद्धालयले रजतजयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरु संचालन गर्ने भएको छ। बिश्वबिद्धालयले एक सुचना जारी गरि विभिन्न खेलकुदका कार्यक्रम संचालन गर्ने बताएको हो। विभिन्न खेलकुद कार्यक्रमहरु अन्तर्गत बिश्वबिद्धालयले पुरुष दौड, पुरुष फुटबल, कुर्ची घुम्ने प्रतियोगिता, डोरि तान्ने, छेलो फाल्ने, घैटो फुटाउने प्रतियोगिता संचालन गर्ने भएको हो।
बिश्वबिद्धालयले जारी गरेको सुचना अनुसार पुरुष फुटबल प्रतियोगिताको लागि मिति २०७९ असार २७ र बाकी खेलकुद प्रतियोगिताको लागि असार २८ गते बिश्वबिद्धालयको खेलमैदान मा कार्यक्रम संचालन गर्ने बताएको छ।
रजतजयन्तीको अवसरमा पोखरा बिश्वबिद्धालयले बर्षभरी विभिन्न कार्यक्रमहरु संचालन गरि रजतजयन्ती बर्ष मनाइरहेको छ।
यस्तो छ खेल तालिका
